सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरण : विकल पौडेललाई २ वर्ष कैद र करिब १४ करोड जरिवाना

सेक्युरिटी प्रिन्टिङ मेसिन  खरिद प्रकरण

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरण :  विकल पौडेललाई २ वर्ष कैद र करिब १४ करोड जरिवाना
सुन्नुहोस्

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा भएको भ्रष्टाचारमा विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दोषी ठहर गरेको छ ।

विशेषले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । विशेषले पौडेललाई २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम १ वर्ष ६ महिना कैद र कार्यकारी निर्देशकको भूमिकामा रहेकाले थप ६ महिना कैद सजाय हुने ठहर गरिएको हो । 

अख्तियारले पौडेलसहित तीनलाई दोषी करार गरेको हो । म्याक्स इन्टरनेसनल प्रालि र म्याक्सका सीईओ अकबर हुसेनलाई पनि दोषी ठहर गरिएको छ । उनीहरूविरुद्ध दामासाहीले जरिवाना तोकिएको छ । विशेषका अध्यक्ष एवं  टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले प्रिन्टिङ मेसिन खरिदमा भ्रष्टाचार भएको भन्दै यो फैसला सुनाएको हो ।

पौडेलले खरिद प्रक्रियाका प्रायः सबै चरणमा आफैं सक्रियता लिई दुई छुट्टाछुट्टै शीर्षकअन्तर्गतको बजेलाई एउटै प्याकेज बनाइ खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यभन्दा बाहिर पेपर बेस्ड र कार्ड बेस्ड मेसिन खरिदिका लागि बजेट एकै शीर्षभित्र पारी दुईवटा पेपर बेस्ड प्रिन्टिङ मेसिन खरिद गरेको देखिएको फैसलामा उल्लेख छ ।  

दुईवटा छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रलायद्वारा तयार पारिएको कार्यान्वयन योजना सही मन्त्रालयका सचिवद्वारा स्वीकृत भएको गुरुयोजनाअनुरुप खरिद प्रक्रिया अघि बढाउनु पर्ने बाध्यात्मक अवस्थालाई अन्यथा मान्न नमिल्ने विशेषको फैसलामा उल्लेख छ । यो प्रकरणमा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । 

म्याक्स इन्टरनेसनल प्रालि र म्याक्सका सीईओ अकबर हुसेनविरुद्ध १३ करोड ५८ लाख ५२ हजार ५८० जरिवाना र १ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । फैसलामा भनिएको छ, ‘प्रतिवादी म्याक्स इन्टरनेसनल प्रालि कानुनी व्यक्ति भएको कारण कैद सजाय गरिरहन परेन । अर्का प्रतिवादी अकवर हुनेसलाई मुख्य प्रतिवादी विकल पौडेललाई ठहर भए सरहको १ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’ हुसेनले श्रीमतीको नाममा दर्ता रहेको कम्पनीमार्फत स्पेशीफिकेसन र दरभाउ उपलब्ध गराई आफ्नो कम्पनीमार्फत खरिदको सम्पूर्ण कार्य गरेका गराएको देखिएको पनि अदालतको फैसलामा उल्लेख छ । 

साथै विशेषले पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र म्याक्सका सीईओ अकबर हुसेनले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखित गर्नुपर्ने ठहर गरेको सूचना अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । 

प्रिन्टिङ मेसिन खरिदका लागि ७६ करोड रुपैयाँ विनियोजन भएकोमा खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रमभन्दा बाहिर गई पेपर बेस्ड र कार्ड बेस्ड प्रिन्टिङ मेसिन खरिद गरी ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ हानी नोक्सानी भएको ठहर अदालतले गरेको छ । कार्ड बेस्ड प्रेस मेसिनरी सफ्टवयेर तथा हार्डवयर रिलेटेड इक्विपमेन्टको ३० करोड र पेपर बेस्ड प्रेस मेसिनरी सफ्टवयेर तथा हार्डवयर रिलेटेड इक्विपमेन्टको ४६ करोड बजेट विनियोजन भएको देखिन्छ । 

अन्य प्रतिवादीहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापा कार्यकारी निर्देशक पौडेलको निर्देशअनुसार खरिद प्रक्रियामा सहभागी भएकाले बदनियतपूर्ण संलग्नता नरहेको भन्दै उनीहरूलाई सफाइ दिएको छ । यसअघि पनि भ्रष्टाचार कसुरमा पौडेल जेल सजाय भोगिरहेका छन् । सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार आरोपमा विशेषले २०८१ जेठ ८ गते २५ करोड ४७ लाख बिगो असुल र त्यति नै रकम जरिवाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो । विकल पौडेलविरुद्ध मुद्दैमुद्दा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.