प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गरेका हुन्।
वैशाख १९ गतेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !