एसएसपी रमेश थापालाई प्रहरी प्रवक्ताको जिम्मेवारी

एसएसपी रमेश थापालाई प्रहरी प्रवक्ताको जिम्मेवारी
सुन्नुहोस्

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिइएको छ। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका एसएसपी थापालाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको हो।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिइएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सचिवालयले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.