सुनसरी सीमाको सुरक्षामा कडाइ
धरान : भारत र पाकिस्तानबीच तनाव बढेपछि सुनसरीस्थित सीमानाको सुरक्षामा कडाइ गरिएको छ। बुधबारदेखि सप्तकोशीको कोसी ब्यारेजदेखि अमडुवासम्म र सुनसरीबाट भारतको विरपुर राज्यको सुपौल र अररिया जिल्ला प्रवेश गर्ने नाकामा दुबैतर्फका सुरक्षाकर्मीहरू हतियारसहित तैनाथ भएका छन्।
प्रमुख जिल्ला अधिकारी मिश्रले सीमा क्षेत्रको सुरक्षा मजबुत बनाइएको बताए। उनले सीमा क्षेत्रमा जो कसैले सुरक्षाकर्मीमाथि जबरजस्ती गरे गोली हान्नेसमेतको अधिकार दिएको बताए।
त्यस्तै सशस्त्र प्रहरी बल बराह बाहिनीका डीआइजी कुमार न्यौपानेले सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। उनले भारत पक्षका सुरक्षा फौजसँगको समन्वयमा सीमा क्षेत्रमा आवश्यकता अनुसारका सुरक्षा फौज परिचालन गरिएको बताए।
सुनसरीको सीमा क्षेत्रमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी प्रमुख निर्मल थापासहितको टोलीले सीमा क्षेत्रको स्थलगत अनुगमन गरी शंकास्पद् स्थानमा थप प्रहरी परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !