जलविद्युतमा झुम्मिए सेयर लगानीकर्ता

जलविद्युतमा झुम्मिए सेयर लगानीकर्ता
सुन्नुहोस्

काठमाडौं : विगत ३ दिनदेखि जलविद्युत्को सेयर बढिरहेको छ । नेप्से परिसूचकमा सोमबार ३४७७.५१ विन्दुमा रहेको जलविद्युत्क्षेत्रको सेयर बुधबार ३५२६.२७ विन्दुमा पुगेको छ । अन्य क्षेत्रभन्दा जलविद्युत् व्यापार र बजारयोग्य देखिएकाले यसमा लगानीकर्ताको आकर्षण बढ्दा सेयर पनि बढिरहेको सेयर जानकार नवराज दहाल बताउँछन् । अन्य क्षेत्रभन्दा पनि जलविद्युतमा सकारात्मक रहेकोले अझै केही समय यसमा हरियाली छाउने उनको भनाइ छ ।

नेप्से परिसूचकमा कुल ९१ जलविद्युत् कम्पनी सूचीकृत छन् । 
बुधबार नेप्से परिसूचक २६१३.७८ विन्दुमा रहेकोमा २६७३.६४ विन्दुमा पुगेर बन्द भएको थियो । उक्त दिन ३०८ कम्पनीको कुल बजार कारोबार १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा जलविद्युत् कम्पनीको मात्रै ६ अर्ब ९६ करोड १९ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो । १ करोड ८९ लाख ८६ हजार ६०२ कित्ता जलविद्युत् कम्पनीको सेयर कारोबार भएको छ ।

जलविद्युत् क्षेत्रमा भइरहेको सकारात्मक परिवर्तन नै पछिल्ला दिनमा यसको बजार बढ्नुको प्रमुख कारण मानिएको छ । पछिल्लो समय नियमनकारी निकाय धितोपत्र बोर्डले लघुविद्युत् कम्पनीहरूको सेयर लाभाशं वितरणमा १५ प्रतिशतको क्याप लगाइदिएपछि जलविद्युत्मा सेयर लगानी आकर्षिक भएको दहाल बताउँछन् । यस्तै पछिल्ला दिनमा जलविद्युत् कम्पनीले वाणिज्य बैंक जत्तिकै अझै केहिले बढी नै लाभांश वितरण गर्न थालिएपछि सेयर लगानीकर्ता त्यता मोडिएको उनको भनाइ छ । जलविद्युत्को सेयर कारोबार बढ्नुमा मिलिनियर च्यालेन्स कर्पोरेसन (एमसीसी) को नेपालमा निरन्तरता पनि लिन सकिने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी खारेज हुने भन्दै गर्दै नेपालमा खारेज नहुने भनेपछि त्यसले पनि जलविद्युतमा सकारात्मक सन्देश दिएको दहाल बताउँछन् । एमसीसी परियोजनाअन्तर्गत निर्माण हुने ३१५ किलोमिटरको बुटवल गोरखपुर ४ सयकेभी प्रसारणलाइन बनेपछि आन्तरिक तथा भारतमा बिजुली वितरण सहज हुने देखिन्छ । यस्तै, सरकारले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको र चाँडै नै विद्युत् व्यापार अनुमति(पीपीए) खोल्ने आशाका कारण पनि जलविद्युत्को सेयरमा आकर्षण बढेको सेयर जानकार दहालले जानकारी दिए ।

अधिक तरलताका कारण केही समयदेखि वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर घटाएका छन् । जलविद्युत् लगानीमा करिब २५ देखि ३० प्रतिशत लगानी संस्थापक र बाँकी बैंकबाट हुने गरेको छ । बैंकको व्याजदरमा तल÷माथिले जलविद्युत्को खर्च र नाफा प्रभावित हुन्छ । ब्याजदर घट्दा मासिक रूपमा बैंकलाई तिर्नुपर्ने ब्याज रकम पनि घट्छ, यसले सञ्चालन खर्च घटाउँछ र नाफा बढाउँछ । नाफा बढ्दा लाभांश पनि बढ्न सक्ने प्रक्षेपणले जलविद्युत्मा सेयर लगानीकनर्ता झुम्मिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका उपमहासचिव प्रकाश दुलालको भनाइ छ । 

यता, नेपाल धितोपत्र बोर्डमा ४३ जलविद्युत् कम्पनीका प्राथमिक सेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका छन् । यसले गर्दा १९ अर्ब ४४ करोड ३४ लाख २४ हजार ३३६ मूल्यको १९ करोड ३ लाख ६१ हजार ५९५ बराबर कित्ता सेयर बोर्डले स्वीकृति नदिँदा बजारमा आउन सकेको छैन । यसले पनि अहिले जलविद्युत्को सेयर बढ्नुमा भूमिका खेलेको दुलाल बताउँछन् । ‘नयाँ सेयर आएपछि लगानीकर्ता बाँडिन्छन्, नयाँ स्वीकृति नपाएसम्म पुरानोमा नै लगानी बढाउँछन्,’ दुलालले भने ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.