अघिल्लो सरकारले लिएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएका छौँ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले लिएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन्।
आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकार असीमित उत्तराधिकारी संस्था भएकाले अघिल्लो सरकारले लिएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन्।
नीति तथा कार्यक्रममा दोहोरिएको वा छुटेको नीति तथा कार्यक्रमबारे सांसदहरूले प्रश्न उठाएका थिए। सांसदहरूको प्रश्नको जवाफमा उनले हटाइएका नराम्रा कार्यक्रम पनि सुधार गर्दै जाने बताए।
प्रतिक्रिया दिनुहोस !