सगरमाथा संवादमा भारतका वातावरणमन्त्री आउने

सगरमाथा संवादमा भारतका वातावरणमन्त्री आउने

काठमाडौं : सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतको केन्द्रीय मन्त्रीले सहभागिता जनाउने भएका छन्। भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव नेपाल आउने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै सगरमाथा संवादमा आफू आउन नसक्ने बताएका थिए। हालै बैंकमा आयोजना भएको विमिस्टेक बैठकमा भएको साइडलाइन वार्तामा मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू नआउने बताएका थिए। प्रधानमन्त्री ओलीले पनि पत्रकार सम्मेलनमा कार्य व्यस्तताका कारण भारतीय प्रधानमन्त्री मोदी सगरमाथा संवादमा आउन नसक्ने बताएका थिए। 

सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्दैछ। नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका विषयमा उक्त संवाद केन्द्रित हुने सरकारले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.