गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
सुन्नुहोस्

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन्। उनले समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन्।

'डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिनुभएको छ,' अर्थमन्त्री सचिवालयले पुष्टि गर्दै भन्यो। 

सत्तारुढ दल नेपाली कांग्रेसले गभर्नरको रूपमा अगाडि बढाउने भएपछि उनले राजीनामा दिएको बताइएको छ। यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरे पनि उनको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले अर्को विकल्पमा अघि बढेको हो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.