गीतसंगीतमा सायमी साहस

गीतसंगीतमा सायमी साहस

नदी झैं बगिरहन्छ जीवन, सागर वा काल नभेटेसम्म। त्यही कोलाहलभित्रको खेलबाड हो, जिन्दगी। त्यसैले अपराध नै नगरी नख्खु जेलबाट शिक्षा शुभारम्भ गरेका प्रकाश सायमीले सानैमा कारागारभित्र कैदी, राजबन्दी, राजनीतिज्ञ अनि कांगे्रस, कम्युनिष्ट सुन्दै आएकाले किताब, कमिक्स, कथा, राजनीतिलाई हल्का बुझ्दै आएको देखिन्छ। बाल्यकाल मावलीमा बिताए पनि एक्कैचोटि अरनिको बोर्डिङमा तीन कक्षा पढेपछि चण्डी विद्याश्रममा पढेका रहेछन्।

मोहन राकेशको भनाइबाट प्रभावित उनलाई उमेरको चापसँगै कविता वाचन, हाजिरी जवाफ, हिन्दी चलचित्रका गीतहरूले तान्दै लगेपछि अन्य गतिविधिमा पनि सक्रिय भएको देखिन्छ। देश विदेशका चर्चित पुस्तकहरूको अध्ययन र खोज अनुसन्धान मात्र होइन, पुस्तक संकलन गर्ने सायमीले आपूmलाई साहित्यको रंगमा चोबल्दै लगे। अहिले जसरी श्रद्घाले भेट्छौं, देख्छौं, त्यसको पछाडि उनले कति र कस्ता पुस्तकहरू पढेका थिएछन् भन्ने यो ‘कोलाहलको कोलाज’ पुस्तकबाट थाहा हुन्छ। आफूले चाहेको पुस्तक पढ्न नपाउँदा पीडाबोध गर्ने सायमीको ‘कहीँकतै भइनँ भने पुस्तकालयमा पाउनुहुनेछ’ भनाइमा जीवन भोगाइका कोलाजलाई क्यालेन्डरमा उतारेको भेटिन्छ।

‘अजरअमर मेरा रातहरू’ शीर्षकले रातमात्र होइन, दिन–रात लागि परेर अरूलाई अमर बनाउने काम गरेको छ। सञ्चार क्षेत्रमा प्रवेश गरेपछि एफएममा ‘काठमाडौं कल इन’ कार्यक्रमबाट श्रोताहरूको मन जित्न सफल सायमीले सबैभन्दा पहिला प्रसिद्घ गीतकार किरण खरेललाई अन्तर्वार्ता लिएर कर्मलाई मजबुत पारेको भेटिन्छ। चलचित्र जगत्को रंगीन वातावरण, गीतसंगीतको नशालु राग, निर्देशनको रुचिकर भूमिका, एफएमको बढ्दो क्रेज, गीतकार, गायक, गायिका र वरिष्ठहरूको संगत र सहकार्यको परिणामले यो पुस्तकलाई गहकिलो बनाएको छ। असक्त भक्तराज आचार्यको बारेमा रेडियो नेपालले कुरा नउठाएको र रोविन शर्माको पत्रले इमेज एफएम छोड्नु परे पनि फेरि सामुदायिक रेडियो सगरमाथामा पुगेपछिको लफडा त झन् लेखिसाध्यै छैन।

गजलनगरीमा एक वर्ष डुबुल्की मार्दा डरले उत्पन्न गरेको जिज्ञासाले अघि बढ्न मद्दत गरेपछि नयाँ फड्को मारेको देखिन्छ। सञ्चार कर्मले बनाएका फराकिला बाटाहरूमा भारतीय गजल उस्तादहरूलाई लिएको अन्तर्वार्ता सायामीको अर्को भ¥याङ बनेको छ। एक वर्षको अन्तरालमा गजलसम्बन्धी लेखन, वाचन, गायन र गजलकारहरूको नाम उल्लेख गर्दै त्यो बेला भेटिएका गजलकारहरूको सान्निध्यले नेपाली गजलकारलाई गजल लेख्ने, कस्तो हुनुपर्छ र गजलको प्रभावबारे जानकारी गराएको पाइन्छ। गजलनगरी चितवनमा गजलकार मिथिला प्याकुरेलको गजल सुनेर रिक्सावालले बाटोबाट ‘वाह’ भनेदेखि ‘सायमी ए गजल’ हुँदै गजलका धुरन्धर समीक्षकसम्म भएको चाखलाग्दो प्रसंगहरूले लेखकको दक्षता पुस्तकमा छ।

‘कोलाहलको कोलाज’ काठमाडौं खाल्टोमा भएको नेवारी समुदायको संस्कार र मौलिक संस्कृतिलाई स्मरण गराउने आलेखबाट धेरै जानकारी लिन सकिन्छ। लोकबाजा, लोकभाकामा स्वरसम्राट नारायणगोपाल पनि जोडिएको छ भने नौ अंकको महिमालाई व्याख्या गरेर ज्ञान–गुण बाँडेको छ। काठमाडौंको पौराणिक कला, सहनसहन, बोलिचाली, भाषा लिपि र रैथाने परिवेशलाई अहिलेको कोलाहलले विस्थापित गरिसकेको यथार्थलाई कोलाजमा उतार्ने कोसिस गरेको देखिन्छ। ‘नेपाल देख्दा चिनेजस्तो लाग्छ’ भीमदर्शन रोकाको यो भनाइलाई शीर्षक बनाएर विश्व चर्चित कलाकार, लेखक, कवि गायकहरूले हाम्रो देशलाई सम्झेर गीत, कविता, लेखमार्फत् चिनाएको प्रसंग ज्ञानप्रद छ। अझ भारतीय समाचार र राष्ट्रिय गानमा नेपालीले धुन भरेको वास्तविकतालाई दस्तावेज गरेको पाइन्छ। जसरी पनि विदेशै जाने, विशेषगरी अमेरिका जान खोज्ने नेपाली युवाको मनोविज्ञानलाई देखाइएको छ। अमेरिकी दुतावासमा गएर चिया गफमा प्रश्न उठ्दा सायमीको अर्थपूर्ण जवाफले मलाई पनि छोयो, ‘अमेरिका त बनिसक्यो, अरूले नै बनाइदिए, हाम्रो देश त हामीले नै बनाउनुपर्छ’ पृ. ५९।

‘शंकर आत्मकथाको प्रतिध्वनि’ एउटा बालकको बाल्यकाल कस्तो संस्कारमा हुर्किन्छ होला ? सायमीले शास्त्रीय संगीत र ज्योतिष विधामा पोख्त पिताबाट माया र संस्कार मात्र पाएन, विभिन्न विधाका पुस्तकहरू पनि पढ्न पाए। शंकर लामिछानेबाट प्रभावित भएपछि भेट्ने हुटहुटी जाग्यो र पिताजीले पु¥याए पनि तर लामिछाने नभएर शर्मालाई भेटेको रोचक किस्सा पढ्न पाइन्छ। निबन्धकार लामिछानेको नाममा कोष स्थापना हुनु, लामिछानेबारे बोल्दा अम्बर गुरुङको गला अवरुद्घ हुनु। अम्बर गुरुङले शंकरपत्नी रत्नालाई रकम हस्तान्तरण गर्दा सायमीको पनि फोटो आउँदा उत्साहित भएर झन् सक्रिय भएको देखिन्छ। शंकरको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज र गौंथलीको गुँड’ प्रकाशित भयो भने भावक अभियानले अरू पनि प्रकाशन गरेको रहेछ। लैनसिंह वाङ्देल, माधव घिमिरेजस्ता व्यक्तित्व जोड्दै गीत गजलमात्र होइन, शंकरको निबन्ध पनि एफएममा वाचन गरेर सायमीले नौलो कामको सुरुवात गरेको देखिन्छ।

देव आनन्द समय र सम्झनाको किताबमा– सायमीको परिवार र अग्रजहरूबाट जहिल्यै प्रसंशा पाइरहने देव आनन्दलाई ४७ वर्षको उमेरमा एउटा अल्लारे ठिटोले भेट्दा, देख्दा कस्तरी मन नाच्यो होला खुसीले ? पछिबाट भेट्न र निकट हुनलाई सायमीले सबै हर्कत अपनाएपछि २००८ मा भेट्न सफल भयो। उसैको आत्मगाथा पुस्तक ‘रोम्यान्सिङ विथ लाइफ’को विमोचन नेपालमा हुँदा सायमी पनि वक्ताको रूपमा प्रस्तुत भएबाट निरन्तर लागे सम्भव छ भन्ने प्रकाशको अथक साधनाले देखाउँछ। देव आनन्दले नेपाललाई चलचित्र सुटिङस्थल बनाएर विश्वसामु चिनाउने काम मात्र गरेन, नेपाली शब्द र बाजाहरूको प्रयोग अनि भूगोल देखाएर विश्वको ध्यान खिचे। सांस्कृतिक राजदूत पनि भए भने नेपाली गायक उदितनारायाण झा र रञ्जित गजमेरलाई स्थान दिएर ठुलो गुण लगाएको उल्लेख छ। अभिनेता तथा चलचित्र उद्यमी देव आनन्दले प्रकाशलाई ६० हजार पर्ने ‘मोंन्ट ब्लाँ’ कलमले पुस्तकमा हस्ताक्षर गरेर दिएको सन्दर्भ आहारिस लाग्दो छ।

गुलजार : फुर्सदका रात र दिन– भारतीय फिल्मकार गुलजारको बालमनोविज्ञानमा आधारित फिल्म ‘किताब’बाट प्रभावित भएपछि सायमीले पत्र लेख्ने हिम्मत गरे, र लेखेर पनि पठाए, तर टिकट टाँस्न भुलेर फिर्ता आएछ। किम्फ वृत्तचित्र महोत्सवमा काठमाडौं आएको गुलजारसँग भेट गर्न पाएपछि प्रकाशले आफूले आफैंलाई अब्बल सावित गरे, त्यसपछि अत्यन्तै नजिक हुँदै गएकाले बम्बईबाट बेलाबेला प्रकाशलाई पार्सल आउनु गुलजारको माया थियो।

मितेरी संगीतका सुत्रधार– सन् १९९६ मा नयाँ दिल्लीको अपोलो अस्पतालबाट महाप्रस्थान गरेका गायक, संगीतकार तथा गीतकार गोपाल योञ्जनलाई राष्ट्रिय झन्डा समेत नओडाएकोमा गुनासो पोखेको पाइन्छ। सन्तान सहितको परिवार र अर्को सांगीतिक दुई परिवार थिए। गीतसंगीतको उन्नयनका लागि हिमालयन कल्चर ग्रुप खोलेर सबैलाई समेट्ने अमरस्रष्टा गोपाल योञ्जन। गीतकार ईश्वरवल्भवले गोपाल योञ्जन र नारायाणगोपालको मीत लगाइदिएपछि सांगीतिक आकासमा नयाँ रूपरेखा देखा परे। ‘कलाकारलाई कि त नेपालले लान्छ, कि त रक्सीले खान्छ’ भन्ने दार्जीलिङे उखानलाई पुष्टि गर्दै अम्बर गुरुङ र गोपाल योञ्जन नेपालतिर लाग्दा रञ्जित गजमेर बम्बईतिर लागेको प्रसंग पनि भेटिन्छ। दुई गोपालको सांगीतिक कार्यक्रम र सहयात्रा चलिरहँदा उपन्यासकार पारिजातले आलोचना गरेपछि नारायण गोपालले पछिसम्म प्रतिवाद गरिरहेको र दुई मीतमा मनमुटाव आएको देखाउँछ। नयाँ पुस्ताको मनमस्तिष्कमा बसेका योञ्जनले नेपाली चलचित्रलाई उठाउने काम गरेको पुस्तकमा उल्लेख छ।

अन्तिम गुरुः वासुदा– अनेक संघर्ष गर्दै हिन्दी सिनेजगत्का गुरु वासुदासँग काम सुरु गर्दाको क्षण र एकैचोटि १२ हजारको अफरले मिस्टर हिमाल उपनामको प्रकाशलाई अझ ऊर्जावान् बनाएको देखिन्छ। सायमीले बंगाली वासुदासँग हरेक कुराहरू तर्कसंगत रोखेपछि भनेका थिए, ‘यो खतरनाक छ तर इमान्दार छ है’ पृ. १३३। नयाँ नौलो प्रयोग गरेर फिल्म बनाउन खप्पिस वासुदाबाट प्राप्त ज्ञानलाई नेपाली फिल्मी क्षेत्रमा भित्र्याउने सायमीको योगदान अतुलनीय छ, मूल्यांकन होला कुनै दिन। कथा कथित पात्रको खोजीमा– ‘बम्बई, गुरु र बर्सादी दिनहरू’ अतीतकथा मधुपर्कमा छापिएपछिको चर्चा। जापानी समूह गोदाइगोलाई देख्न र सुन्न पाएपछि सायमीले सांगीतिक क्षेत्रलाई फराकिलो नजरले हेर्दै गर्दा बिटल्स, जोन लेनन, बब डायलन र आरडीबीका गीतहरूले प्रकाशलाई प्रभावित पारेको देखिन्छ। सांस्कृतिक संस्थानका महाप्रबन्धक नारायण गोपालविरुद्घ आन्दोलन गर्ने हिमाल लोहनी जो नीर शाहको गुरु र अमेरिकाबाट आएका रजनीशको प्रसंगभित्र अनेक कुराहरू लुकेका हुन सक्छन्।

विदेशी होन्साकार चार्ल्सको माध्यमबाट सोल्टी होटलमा रजनीशलाई भेट्न सफल 

प्रकाशलाई हरेक कोणबाट समयले साथ दिए पनि आफू उत्तिकै सक्षम हुनुपर्ने शिक्षा पाइन्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि साहिरको कविताबाट प्रभावित भएको देखाउँछ भने राजा शहन्शाहले पत्नी वियोगमा बनाएको ताजमहलबारे कविता लेखेर साहिर सबैको मनमा बसेको मिठो प्रसंग छ। अमृतासँगको साहिरको अनौठो प्रेम–काहनीले अर्को कथाको सिर्जना गर्छ। एक सय १३ वटा फिल्ममा गीत लेखेर साहिर अस्ताउँदा प्रकाश सायमी हरदिन उदाइरहेका छन्। सानैदेखि अत्यन्तै जिज्ञासु सायमी लेखन, अध्ययन, रंगमञ्च, निर्देशन, सञ्चार सबै क्षेत्रमा पारंगत देखिएको यो ‘कोलाहलको कोलाज’ पुस्तक जीवनोपयोगी र जानकारीमूलक छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.