सम्बन्ध
‘सँगै भेटेको हो त ?’ श्रीमतीले सोधिन् ।
‘हो, एउटै होटलमा सँगै देखेको हो ।’
त्यही भिडबाट आवाज आयो ।
भिडबाट आवाजहरू चर्किन थाले ।
‘मैले पनि हिजो कपडा पसलमा देखेको थिएँ ।’
‘हो, हो । आज त झन् क्याम्पसमा देखेको मैले ।’
‘ओहो ! मैले पनि धेरै ठाउँ देखेको ।’
उपस्थित सबैले मुखामुख गर्न थाले ।
श्रीमतीको आर्तनाद पोखियो, ‘हे भगवान् ! यो बुढेसकालमा दशा लागेर होला हेर त ! के
मति बिगारेको, छोराछोरी आफू जत्रै छन् ।’
श्रीमान् भने निसंकोच केटीकै छेउमा उभिरहेको देखेर श्रीमतीले हकारिन्, ‘घरमा स्वास्नी हुँदाहुँदै तिमीलाई अलिकत्ति पनि सरम लागेन ?’
श्रीमतीको हात समाउँदै उनले भने, ‘हाम्रो सम्बन्ध तिमीले सोचेजस्तो हैन नि ! मैले तिमीलाई भन्दा पहिला यिनकी आमासँग विवाह गरेको थिएँ, त्यसैले आज छोरीलाई क्याम्पसमा भर्ना गरेर फर्कँदै छु ।’
प्रतिक्रिया दिनुहोस !
३