परराष्ट्रमा केही पाइला

परराष्ट्रमा केही पाइला

परराष्ट्रसचिव अनि कूटनीतिज्ञ। उनै डा. मदनकुमार भट्टराई, जसले अवकासपछि पुस्तक लेखेका लेख्दैछन्। पछिल्लो पुस्तकमा परराष्ट्र मामिलाको एक महत्वपूर्ण इतिहास उजागर गरेका छन्। विशेषत पहिलो परराष्ट्र सचिव प्रा. नरेन्द्रमणि आचार्य दीक्षित (आदी)को विषयलाई उनले प्राथमिकता दिएका छन्।

सन् १९५१ पछिको राजनीतिक एवं व्यवस्थापकीय परिवर्तनपछि निजामती शासन प्रणालीमा आएको सांगठनिक फेरबदलसँगै बनेका अन्तरिम सरकारले पहिलो परराष्ट्र सचिवका रूपमा नरेन्द्रमणि चुनिएका थिए। नेपालको कूटनीतिलाई केन्द्रमा राखी लेखिएको भट्टराईको चौथो कृति हो– नेपालको परराष्ट्र सम्बन्ध संक्रमणकाल र प्रा. नरेन्द्रमणि दीक्षित।

राणाकालीन व्यवस्था र प्रजातन्त्रोत्तर वातावरणलाई जोड्ने क डीका रूपमा रहेका उनको शैक्षिक प्रशासन, राजनीतिक सुधारलगायत मुन्सीखाना र परराष्ट्र मन्त्रालयसँग लामो संलग्नता रहेको पुस्तकमा छ। एकपटक नै सही, दीक्षितसँग लेखक भट्टराईले छोटो र अधुरो कुराकानी गर्ने अवसर पाएका रहेछन्। यसैको उपयोग गरेर उनले यो पुस्तक लेखेको देखिन्छ। परराष्ट्र सचिव पदबाट भएको अनपेक्षित बहिर्गमनलाई सायद पछिसम्म पनि आत्मसात् गर्न दीक्षितको मनसा, वचसा, कर्मणा सहमत नदेखिएको चर्चा पुस्तकमा उनको छ।

पहिलो परराष्ट्र सचिव सरदार दीक्षितको जीवन, उत्तरदायित्व, उनको कार्यसम्पादन तथा योगदानलाई प्रकाश पार्ने प्रयास गरिएको छ। यद्यपि यो प्रस्तुति दीक्षितको पूर्ण जीवनी नभई तत्कालीन समयको परिवेश र साँघुरो नै किन नहोस्, तत्कालीन परिस्थितिको संक्रमणको चपेटामा परेको वैदेशिक सम्बन्ध र कूटनीतिलाई नै प्रधानता दिने प्रयास गरिएको छ।

देशको समसामयिक विषयमा र विशेषत: विदेश नीति एवं अन्तर्राष्ट्रिय मामिलामा अभिरुचि राख्ने व्यक्तिका हकमा यो विवरण चाखलाग्दो हुनसक्छ। अन्य विषय सरह कूटनीतिक इतिहासको समष्टिगत मूल्यांकनले राष्ट्रलाई विगतको अनुभवका आधारमा अघि बढाउन प्रेरणा दिने हिसाबले यो पुस्तक आएको छ।

यो पुस्तक अध्ययन गर्दा परराष्ट्र मामिलाको अध्ययन र जानकारी लिन खोज्नेका लागि महत्वपूर्ण दस्तावेज मान्नुपर्छ। पुस्तक लेखनमा उनको बठ्याइँ र चतुर्‍याइँ सहजै बुझ्न सकिन्छ। पुस्तकमा भट्टराईले मुख्य पात्रको रूपमा नरेन्द्रमणि आदीलाई बनाएका छन्। तर नरेन्द्रमणिको भन्दा पनि अझ सयौं पात्र जोडेर नाम नै उल्लेख गरेर कथा प्रस्तुत गरेका छन्। यसो गर्नुले लेखकको बठ्याइँ र चतुर्‍याइँ पुष्टि हुन्छ।

लेखकले यसरी पुस्तक लेख्दा ऐतिहासिक दस्तावेजको विश्लेषण पनि गरेका छन्। यो पुस्तकमा सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। अर्थात्, सिक्काका दुवै पाटा अध्येता पाठकले पुस्तक पढ्दा र दुवै पक्ष बुझ्न नपाउँदा कता कता अपुग र एकपक्षीय मात्रै जानकारी प्राप्त हुने पुस्तक अध्ययनबाट म एउटा पाठकलाई लाग्छ। पुस्तकमा लेखकले पनि आफू क्रमबद्ध रूपमा परराष्ट्र सचिवहरूको विषय पुस्तक लेख्दै आएको दाबी यो पुस्तकमा गरेका छन्।

तर, जे होस्, पुस्तक हराउन लागेको, लोप हुन लागेको त्यस्तो गतिविधि कोट्याएर परराष्ट्र ममिलाको विगत जान्न खोज्नेका लागि महत्वपूर्ण पठनीय सामग्री प्राप्त भएको छ। पुस्तक लेखक डा. भट्टराई अवश्य पनि धन्यवादका पात्र मान्नुपर्छ। जतिकुरा समेटेर आयो, लेखक मेहनतलाई प्रशंसा गर्नुपर्छ। पुस्तकमा कतिपय सूचना सुनेका, अड्कल गरिएका वा किंवदन्तीको प्रवृत्तिका हुनाले तिनको प्रामाणिकता स्थापित गर्न कठिन हुन्छ। यस्ता विषय पनि समेटिएका छन्।

पहिलो पुस्ताका सात परराष्ट्र सचिवबारे गरिने अध्ययनका क्रममा चार वरिष्ठ कूटनीतिज्ञ तथा परराष्ट्र सचिव प्रा. रामप्रसाद मानन्धर, मेजर जनरल शोभाजंग थापा, मेजर जनरल पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंहको विषयमा यो भन्दा अघिका पुस्तकमा लेखेका छन्। यो पुस्तकमा नरेन्द्रमणि आदीलाई विषयवस्तु बनाइएको छ। कूटनीतिज्ञ तथा परराष्ट्र सचिव नरप्रतापशमशेर थापा तथा प्रा. सरदार यदुनाथ खनालबारे विस्तृत चर्चा गरिने पनि उनले घोषणा गरेका छन्। दुई वरिष्ठ प्रशासक र कूटनीतिज्ञमध्ये नरप्रतापशमशेर थापा र सरदार यदुनाथ खनाललाई पनि छुट्टै प्रस्तुतिको विषय बनाउने योजना पनि पुस्तकमा राखेका छन्।

उनले पुस्तकमा वरुण शमशेर, भारतदत्त कोइराला, मनरञ्जन जोशी, उद्धवदेव भट्ट, जगदीश शमशेर, नरेन्द्रविक्रम शाह, यादवकान्त सिलवाल, कुमारप्रसाद ज्ञवाली, केदारभक्त श्रेष्ठ, नारायणशमशेर थापा, बिन्देश्वरी शाह र दुर्गाप्रकाश पाण्डेय नाम उल्लेख गरेका छन्। साथै डा. भेषबहादुर थापा, लोकबहादुर श्रेष्ठ, शान्तराम भण्डारी, दामोदरप्रसाद गौतम, अरुणचन्द्र प्रधान, शिवप्रसाद शर्मा, चूडाबहादुर हमाल लगायतको नाम उल्लेख गरेका छन्।

श्यामप्रसाद अधिकारी, खेमराज नेपाल, घनानाथ ओझा, अरविन्दनाथ रिमाल, डा. द्वारिकानाथ ढुंगेल, वसन्तप्रसाद लोहनी, डमरुबल्लभ भट्टराई, प्रधानन्यायाधीशद्वय मीनबहादुर रायमाझी तथा गोपाल पराजुली र न्यायाधीश बलराम केसीदेखि धेरैको नाम पुस्तकमा छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नाम पनि उनले सन्दर्भवश समेटेका छन्।

पुस्तक तयार गर्ने सिलसिलामा दीक्षितको कार्यकालका पहिला तीन भारतीय राजदूतमध्ये दुईसित अन्तक्र्रिया गर्ने अवसर पाएको तथा तेस्रो भालचन्द्रकृष्ण गोखलेसँग भेट नभएको प्रसंग पनि छ। उनीसँग नभेटेपछि सूचना र सामग्रीको अपर्याप्ततालाई गोखलेका छोरा राजदूत तथा सचिव अशोक भालचन्द्र गोखले तथा नाति विदेश सचिव तथा राजदूत विजयकेशव गोखलेले राम्रोसँग परिपूर्ति गरिएको कुरा उल्लेख गरेर भारतीय पाठकलाई पनि आकर्षित गर्न खोजेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.