कांग्रेसको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ : महामन्त्री थापा

कांग्रेसको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ : महामन्त्री थापा
सुन्नुहोस्

स्याङ्जा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्ने बताएका छन्। कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले २०८३ मङ्सिरभित्रै पार्टीको अधिवेशन गर्नुको विकल्प नरहेको बताएका हुन्। 

महामन्त्री थापाले कांग्रेस संविधानप्रति प्रतिबद्ध रहेको जनाउँदै  राजतन्त्रका विषयमा अलमलिन नहुनेमा जोड दिए। २०७९ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा कांग्रेस ठुलो पार्टी भएको जनाउँदै उनले विकास, सुशासनतर्फ अग्रसरता देखाउँदै आमनागरिकको मन जित्नुपर्ने बताए।  

उनले भने, ‘नेतृत्वले आमनागरिकका बढ्दो गुनासालाई सुन्नुपर्छ। नागरिकमा असन्तुष्टि बढेको छ। नेपालमा भ्रष्टाचार बढ्यो, कुशासन भयो, नेताले परिवार र आसेपासेलाई मात्र हे¥यो भन्ने गुनासा छन्। गुनासा पहिचान गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन गर्नुपर्छ।’ 

महामन्त्री थापाले अनुहारमा कालो दाग लाग्न नदिन पार्टीका कार्यकर्तालाई निर्देशन दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.