सरकारको एक्प्रेस गाडी जनता मार्दै र किच्दै नहिंडोस् : प्रमिलाकुमारी गच्छदार
काठमाडौं : प्रतिनिधिसभाकी सांसद प्रमिलाकुमारी गच्छदारले एक्सप्रेस हाइवेमा गुडेको सरकारको गाडीले सर्वसाधरण जनतालाई मार्दै र किच्दै अगाडि बढिरहेको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गच्छदारले सरकार लोकप्रियतामा नभई परिणाम दिने गरी अगाडि बढ्नु पर्ने बताएकी छिन् ।
उनले सरकारको बोली सुन्दा जनताको सेवक नभई मध्यगुगीन सामन्त जस्तो देखिएको बताएकी छिन् । उनले सरकार प्रश्न सोध्नेलाई थर्काउने, आलोचना गर्नेलाई थुन्ने र कानुनलाई खल्तीको रुमाल सम्झिने प्रवृति कहिलेसम्म भन्दै प्रश्न गरेकी छिन् । उनले सरकारले सुकुम्बासीका समस्या सरकारले सुनुवाइ नगरेको पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस !