एमाले सांसद राईले सभामुखलाई भने–तपाईले पाँच वर्ष संसद चलाउन सक्नु हुन्न
काठमाडौं : नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुख डोलप्रसाद (डीपी) अर्यालले पाँच वर्ष संसद चलाउन नसक्ने टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले सभामुख अर्याल बैठक सुरु हुने वितिक्कै आतिएको बताउँदै भने, ‘तपाईको खुट्टी देख्दै थाहा पाइयो, तपाईले पाँच बर्ष संसद चलाउन सक्नु हुन्न ।’
एमाले सांसद एक जना सांसदले सभामा कुरा राखिरहेको बेला अर्का सांसदलाई बोल्नका लागि समय दिएको भन्दै पाँच वर्ष सभामुख चलाउन नसक्ने टिप्पणी गरेका हुन् । सांसद राईको उक्त टिप्पणीपछि सभामुख अर्याल रिसाएका छन् । उनले सांसद राईलाई मर्यादामा बसेर आफ्ना कुरा राख्न चेतावनी समेत दिएका छन् । सांसद राई र सभामुखबीचको नोकझोकपछि सभामुख अर्यालले बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !