अवैध गहनासहित ४ जना पक्राउ
काभ्रे : काभ्रेको बनेपा नगरपालिका–७ बाट प्रहरीले अवैध सुनचाँदीको विभिन्न गहनासहित ४ जनालाई पक्राउ गरेको छ। सुनचाँदीको विभिन्न गहनासहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीले बनेपा नगरपालिका–७ परिवार नियोजन चोकमा एक घरमा सञ्चालनमा रहेको ज्वेलर्समा अवैध रूपमा विभिन्न किसिमका गरगहना बिक्रीबितरण गर्दै आएको सूचना प्राप्त हुन साथ प्रहरीले छापा हानेको डिएसपी मीन बहादुर घलेले जानकारी दिए ।
बुधबार मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा खानतलासी गर्दा उक्त जेलर्सका सञ्चालक ४७ वर्षीय दिपंकर मैतीको कोठाबाट ६७८.८३ ग्रामको गरगहना, २५ हजार ३१० भारतीय रुपैयाँ र एक लाख २१ हजार पाँच नेपाली रुपैयाँसहित ३० वर्षीय सुमन सासमोलको साथबाट २३.०८० ग्राम सुन, ३८ वर्षीय ३२७.७५० ग्राम, २२ वर्षीय विजय घोराई र ३८ वर्षीय दिपंकर साउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद सामान र नगदसहित उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको डिएसपी घलेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !