सुन-चाँदीको मूल्य घट्यो,कति छ बजार भाउ ?
काठमाडौं : आज सुन-चाँदीको मूल्य सामान्य घटेको छ । सुन तोलामा २०० र चाँदी १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० कायम भएको छ ।
सोमबार ७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको थियो। यसैगरी एक तोला चाँदीको मूल्य १ हजार ९९५ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस !