४.३ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण, प्रतिव्यक्ति आय १४९६ अमेरिकी डलर पुग्ने अनुमान्

४.३ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण, प्रतिव्यक्ति आय १४९६ अमेरिकी डलर पुग्ने अनुमान्

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा ४.५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्ने क्रममा देशको आर्थिक वृद्धिदर पहिलेभन्दा बढ्ने बताएका हुन्।

उनले यसअघि अर्थतन्त्र दबाबमा रहे पनि निरन्तरको प्रयासपछि अर्थतन्त्र सुधारोन्मुख भएको बताए। उनले यसअघि ३.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको बताए।

त्यस्तै ऋणात्मक अवस्थाबाट धनात्मक वृद्धिदर हुने अनुमान गरिएको उनको भनाइ छ। उनले विद्युत्, वित्तीय, बीमालगायतका क्षेत्रमा उल्लेखनीय सुधार हुने बताए। उनले थप ३३९ मेगावाट बिजुली उत्पादन भएको, पर्यटक आगमन १३ प्रतिशतले बढेर ९ लाख २३ हजार पुगेको र ३.४ प्रतिशतमा मुद्रास्फिती सीमित भएको बताए। 

उनले प्रतिव्यक्ति आय पनि १४४३ बाट १४९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.