कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट
काठमाडौं : सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए।
उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताए। उनले किसानका लागि एप निर्माण गर्ने, दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर कृषिजन्य उत्पादनलाई बढावा दिने बताए।
प्रतिक्रिया दिनुहोस !