पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा
तानसेन : पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेश खोप समन्वय समितिले पाल्पालाई एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेको हो ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्री खेम बहादुर सारु, प्रदेश सरकार खोप प्रशासनका नेत्र प्रसाद अर्यालले जिल्ला खोप समन्वय समिति पाल्पाका संयोजक टंक प्रसाद खनाल, सहसंयोजक काशिका ज्ञवाली गैरे, सदस्य सचिव टुक प्रसाद पोखरेललाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा प्रमाणपत्र प्रदान गरे।
पाल्पा २०७० फागुन १३ गते नेपालमै पहिलो पूर्णखोप युक्त जिल्ला घोषणा भएको थियो। सोही समयदेखि पाल्पाले निरन्तर रूपमा पूर्णखोप सुनिश्चितता घोषणा गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !