जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
सिन्धुपाल्चोक : जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका-५ नवलपुर चोकस्थित संकल्प होटल एण्ड भोजनालयको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही नगरपालिका-६ बस्ने ४० वर्षीय राकेश बस्नेत समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास ३ बुकसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !