सुनको मूल्य स्थिर,चाँदीको बढ्यो
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल- सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७०० कायम भएको छ। बिहीबार एकतोला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो।
महासंघका अनुसार सुनको भाउ स्थिर रहे पनि चाँदीको मूल्य भने ७५ रुपैयाँले बढेको छ। एक तोला चाँदीको मूल्य २ हजार १५० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य ३ हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !