कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
तानसेन : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्। माथाँगढी गाउँपालिका–१ चिदिपानी दमारका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
सार्कीले १४ वर्ष अगाडि भतिज नाता पर्ने नर बहादुर नेपालीको हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले बताए। सार्कीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले घर झगडाका कारण छुरा प्रहार गरी भतिजको हत्या गरेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !