तीन दिनभित्र मापदण्ड पूरा गर्न क्रसर उद्योगलाई समन्वय समितिको निर्देशन
सिन्धुपाल्चोक : जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले क्रसर उद्योगलाई तीन दिनभित्र मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। मापदण्डविपरीत उत्खनन गरेको गुनासो आएपछि जिल्लामा सञ्चालित क्रसर उद्योगलाई मापदण्ड अपनाउन समन्वय समितिले निर्देशन दिएको हो।
‘हामीले अनुगमन गर्दा प्रायः क्रसर उद्योगले मापदण्ड पालना गरिएको पाइएन’, श्रेष्ठले भने,‘निर्धारित समयमा मापदण्ड नपुर्याई उत्खनन, ढुवानी गरेमा नियमानुसार कारबाही अगाडि बढाइनेछ ।’
अनुगमन गर्दा उद्योगमा नदेखिएको व्यवसाय दर्ता प्रमाणपत्र, स्थानान्तरणका कागजात, कर चुक्ताका विवरण, चालु वर्षको वार्षिक मौज्दातका विवरण, खरिद बिक्रीको परिणाम तीन दिनभित्र समन्वय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिइएको प्रमुख श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !