काठमाडौं : प्रतिनिधिसभा बैठक केहीबेरमा बस्दैछ। बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।
आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।
यसैगरी अर्थमन्त्री पौडेलले विनियोजन विधेयक, २०८२” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि विनियोजन विधेयक, २०८२' प्रस्तुत गर्नेछन्।
मन्त्री पौडेलले राष्ट्र ऋण उठाउने विधेयक,२०८२, लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी मन्त्री पौडेलले बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८२" प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख रहेको छ।
प्रतिक्रिया दिनुहोस !