पाल्पामा जिप दुर्घटना : २ जनाको मृत्यु, १ घाइते

पाल्पामा जिप दुर्घटना : २ जनाको मृत्यु, १ घाइते

तानसेन : पाल्पा पूर्वखोला गाउँपालिका-५ वीरकोटबाट रामपुरतर्फ जाँदै गरेको बोलेरो पिकअप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  आइतबार बेलुका अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो दुर्घटना हुँदा सवारी धनि पाल्पा गाप्टुङ घर भई हाल बुटवल उप–महानगरपालीका -११ मझुवा बस्ने बिनोद ढुङ्गाना र बुटवल उपमहानगरपालिका- ११ कै ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक एव सूचना अधिकारी सुनिल मल्लले बताए।  

दुर्घटनामा एक जना घाइते भएका छन् । ३ जना घाइते भएको अवस्थामा प्रहरी र स्थानीयवासीले उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभास र  मिसन अस्पताल तानसेनमा ल्याई चेकजाँच गर्दा दुई जनालाई डाक्टरले मृत घोषणा गरेका थिए। घाइते सवारीधनी ढुङ्गानालाई लुम्बिनी मेडिकल कलेज र सुनारलाई मिसन अस्पतालमा उपचारको लागी पुर्‍याएको थियो। 

जिप चालक बुटवल उपमहानगरपालिका- ११ का ३० वर्षीय राजु खड्काको अवस्था गभीर रहेको उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। अण्डा बोकेको जिप चिप्लिएर अचानक सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो। घटनाको थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.