पाल्ही सहकारी ठगी मुद्दामा ८० लाख धरौटी माग

पाल्ही सहकारी ठगी मुद्दामा ८० लाख धरौटी माग

परासी : नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको पाल्ही बहुमुखी सहकारी संस्थाका अध्यक्षसहित १२ जनासँग ८० लाख धरौटी रकम माग गरिएको छ । सहकारीको रकम हिनामिना गरेको भन्दै सञ्चालक समिति, व्यवस्थापक समिति र लेखा समितिका १५ जनामाथि जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएका मध्ये तीनजना फरार छन् । बाँकीले धरौटी बुझाएर छुटेको जिल्ला अदालतका श्रेस्तेदार जानकी रमण यादवले जानकारी दिए । बचतकर्ताको रकम हिनामिना गरेको मुद्दा लागेका मध्ये सहकारीका अध्यक्ष रामकिशोर तेलीलाई सबैभन्दा बढी १५ लाख धरौटी माग गरिएको छ । त्यसैगरी, उपाध्यक्ष नाथु माली र लेखा संयोजक सन्तराम प्रसाद यादवसँग जनही १०÷१० लाख रुपैयाँ धरौटी माग गरिएको छ । त्यस्तै, धरौटी माग गरिएका अन्यमा सञ्चालक समिति सदस्यहरू सुरेशप्रसाद चौधरी, वीरेन्द्रकुमार यादव, रामसेवक चौधरी, रवीन्द्र पासी, प्रमोद यादव, सुग्रिव तिवारी रहको छन् । उनीहरू सबैलाई जनही ५÷५ लाख धरौटी माग गरिएको छ । 

त्यस्तै, लेखा समिति जानकीदेवी कुर्मी, इजहार धुनिया र व्यवस्थापक सदस्य रामानन्द यादवसँग पनि जनही ५/५ लाख धरौटी माग गरिएको छ । धरौटी माग गरिएका अधिकांशले नगदै बुझाएको र केहीले धितो राखेका छन् । धरौटी बुझाएका १२ जना नै तारेखमा रिहा भएको श्रेस्तेदार यादवले जानकारी दिए । मुद्दा लागेकामध्ये सञ्चालक समिति सदस्यहरू कमलादेवी कहाँर, सञ्जय कुर्मी र व्यवस्थापक मुनलाल यादव फरार छन् ।

सहकारीले लामो समयसम्म निर्वाचन नगराएको र लेखा परीक्षण नगराएपछि आफ्नो रकम फिर्ता लिन पुगेका बचतकर्ताले नपाएपछि सहकारीको ठगी कार्य बाहिरिएको थियो । त्यसपश्चात् २०८१ फागुन ११ गते सहकारीले रकम हिनामिना गरेको भन्दै अदालतमा मुद्दा दर्ता भएको थियो । सहकारीमा १३ सय ७६ जना सेयर सदस्य छन् । तीमध्ये १ हजार ४१ जनाको रकम हिनामिना गरेको भन्दै स्थानीयले उजुरी गरेका थिए । तर, सहकारी संस्थाको लेखा परीक्षण प्रतिवेदन र अन्य कागज प्रमाणमा देखिएको कुल ८५ लाख ८० हजार ७५५ रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

सोही आधारमा उनीहरूलाई जिल्ला न्यायाधीशहरू केशवप्रसाद अधिकारी, हरिप्रसाद शर्मा र रामानन्द प्रसाद अधिकारीको फरकफरक मितिको छुट्टाछुट्टै इजलासले धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ । ठगी गरेको रकमको बिगो भराई बिगो बराबरको जरिवाना र तीन वर्षदेखि चार वर्षसम्म कैद सजायको माग दाबीसहित अदालतमा मुद्दा परेको हो । हाल विचाराधीन अवस्थामै रहेको उक्त मुद्दाका पीडितले भने आफूले जम्मा गरेको रकम फिर्ता, ठगी गरेको ठहर भएमा मात्र अदालतले भराउने छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.