न्युरोसर्जरी विधामा न्युरो अस्पतालका पाइला

न्युरोसर्जरी विधामा न्युरो अस्पतालका पाइला

न्युरोसम्बन्धी हरेक शल्यक्रिया गर्न अस्पतालका न्युरो सर्जन दक्ष र तत्पर छन्।

विज्ञान सधैं भविष्यवादी हुन्छ। स्नायुविज्ञान त्यो नियमबाट अछुतो रहन सक्दैन। न्युरो अस्पताल नेपालको पहिलो स्नायुरोगको उपचार गर्न बनेको स्नायुविज्ञानको प्रगतिको ध्वजावहाक हो। प्रा.डा.उपेन्द्र देवकोटाको परिकल्पना र योजनाबमोजिम यो अस्पताल आफ्नो इतिहास नभुली भविष्यतर्फ पाइला अगाडि बढाइरहेको छ। त्यसै अनुरूप यस अस्पतालको न्युरो सर्जरी विभागमा थपिएका अत्याधुनिक उपकरणहरू साथ–साथै यसले गर्दा थपिने सेवाहरूको बारेमा यो लेख समर्पित छ।

स्टेल्थ–८ (Neuronavigation System): यो उपकरणले दिमाग वा मेरुदण्डको हुबहु चित्रण गर्दछ र त्योभित्रको हरेक महत्वपूर्ण भाग कसरी कहाँ बसेको छ, मापनयोग्य हुने गरी बताउन सक्छ। यो प्रविधिले मस्तिष्क र मेरुदण्दको शल्यक्रिया गर्दा सुरक्षित तरिकाले, रोगलाई मात्र केलाएर निकाल्न मद्दत गर्दछ। साथ–साथै पार्किनसन वा मिर्गी रोग वा अन्य शरीरको चालसम्बन्धी समस्या भए यो प्रविधिले डीबीएस वा लिजनिङ खालको शल्यक्रिया गर्न मद्दत गर्दछ। न्यूनतम आक्रामक शल्यक्रिया गर्न पनि यो उपकरणको आवश्यकता हुन्छ। विशेष गरी ढाडमा मेरुदण्डको नजिकै पेचहरू कस्न पर्दा यो उपकरणले मेरुदण्डमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्दछ। null

केनोभो माइक्रोस्पोप (Zeiss):अस्पतालमा सेवा विस्तारसँगै दुई माइक्रोस्कोप (Leica, Zeiss)मा यो माइक्रोस्कोप थपिएको छ। हुन त माइक्रोस्कोपको काम सूक्ष्म चिजलाई आकारमा ठूलो देखाउने हो। तर, स्नायु शल्यचिकित्सामा यो उपकरण, न्युरोसर्जरीको सारथी हो। न्युरोसम्बन्धी अप्रेसनमा अत्यन्तै जटिल र सूक्ष्म नलीहरूदेखि दिमाग वा मेरुदण्डको भाग यसले प्रस्टसँग देखाउँछ। साथ–साथै MRI मा देखिएका दिमागभित्रका नसाका जन्जालहरू यस माइक्रोस्कोपमा अप्रेसनको दौरान एकीकृत छवि देखाउँछ। यो उपकरण थपिएसँगै न्युरो सर्जरी थप सुरक्षित हुँदै छ। साथ–साथै तीनवटा माइक्रोस्कोपले एकै दिन धेरै बिरामीको अपरेसन गर्न मद्दत गर्दछ र पालो पर्खिनुपर्ने समय पनि घटाउने छ।

ओ–आर्म (Medtronic O-Arm): यो उकपरण विशेष गरी मेरुदण्डको हड्डीमा अपरेसन गर्दा प्रयोग हुन्छ। यसले सही स्थानमा अपरेसन गर्न सजिलो बनाउँछ। यससँग स्थेल्थ–८ प्रयोग गर्दा हरेक लेबलको स्क्रु हाल्न सहज बनाउँछ। त्यसैगरी, यो र स्थेल्थ–८ प्रयोग गरेर,  DBS (डिप ब्रेन स्टिमुलेसन) र लिजनिङ गर्न सकिन्छ जुन माथि उल्लेख गरे जस्तै पार्किसन रोग र छारे वा चालको रोगमा प्रयोग हुन्छ।null

इन्ट्रा अपरेटिभ न्युरो मनिटरिङ (INOMEO-ISIS-XPERT): यो उपकरणले अपरेसनको दौरान हाम्रो शरीरको स्नायुमण्डलमा निस्कने तरङहरू मापन गर्दछ। जसरी बिजुली बनाउने टेक्निसियनले बिजुली छ कि छैन भनेर प्रयोग गर्ने बत्तीवाला इन्डिकेटरबाट थाहा हुन्छ, त्यसरी नै अपरेसनका बेला मस्तिष्क, मेरुदण्ड र नसाको तरङ हेर्न सकिन्छ। यसरी बिरामीलाई पर्न जाने जोखिम न्यूनीकरण हुन्छ। यसबाट बेहोस बिरामीकै शरीरमा हरेक नसाहरू निगरानी गर्दै शल्यक्रिया गर्न सकिन्छ। हातखुट्टाको चाल र छोएको थाहा पाउने क्षमता वा बोलीको केन्द्र सबै मस्तिष्कको कुन भागबाट तरङ आइरहेको छ, त्यो अपरेसनको दौरान हेर्न सकिन्छ।

यसरी थपिएका हरेक उपकरणले स्नायु शल्यक्रियालाई सुरक्षित, न्यून जोखिम, सहज र विश्वस्तरीय बनाएको छ। शल्यचिकित्सकको उचित तालिमः उपकरण र नयाँ प्रविधि भित्र्याएसँगै चिकित्सकको पनि यसै अनुरूप उचित तालिम भएको छ। स्व. प्रा. डा. उपेन्द्र देवकोटाले परिकल्पना गरेजस्तै हरेक शल्यचिकित्सकले आफ्नो इच्छाअनुसार सब–स्‍ेसलाइजेसन गरेका छन्। जसले गर्दा न्युरोसम्बन्धी हरेक शल्यक्रिया गर्न अस्पतालका न्युरो सर्जन दक्ष र तत्पर छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.