क्यान विभाजनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरू

क्यान विभाजनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरू

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्नका लागि तयार गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरू भएको छ।

प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सो विधेयकबारे छलफल सुरू भएको हो। सैद्धान्तिक छलफलका क्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसदमा यो विधेयकप्रति व्यापक चासो देखिएको बताए।

मन्त्री पाण्डेले भने, 'सरकारको तर्फबाट यो विधेयक कुनै संस्था टुक्र्याउने उद्देश्यले नभइ व्यवस्थित पार्ने दृष्टिकोणबाट आएको हो।  मन्त्री पाण्डेका अनुसार विधेयकमा आठवटा प्रमुख सूचक समावेश छन्। कर्मचारीहरूको असन्तुष्टिपछि ट्रेड युनियनहरूसँग छलफल गरी विधेयकमा आवश्यक संशोधनमार्फत अघि बढ्ने सहमति पनि भइसकेको जानकारी मन्त्री पाण्डेले दिए।

संसदको प्राथमिकतामा रहेको यो विधेयकमा ७५ जना सांसदहरूले सक्रियताका साथ भाग लिएका छन्।  छलफलको क्रममा विज्ञ तथा संशोधनकर्ताहरूको धारणा समेटिने विश्वास उनले व्यक्त गरे। हवाई दुर्घटनापछि पाउने बीमासम्बन्धी व्यवस्थामा स्वदेशी र विदेशी नागरिकबीच देखिएको भिन्नतालाई हटाएर एकरूपता ल्याउने कार्य पनि अघि बढाइने मन्त्री पाण्डेले जानकारी दिए। 

विधेयकमा परेका संशोधन प्रस्तावहरूबारे अब सहमतिमै विस्तृत छलफल हुने समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.