भरतपुर महानगरले ल्यायो ५ अर्बभन्दा बढीको बजेट

भरतपुर महानगरले ल्यायो ५ अर्बभन्दा बढीको बजेट

चितवन : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट ल्याएको छ। आइतबार नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेट अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै एक अर्बले घटे छ। 

आन्तरिक आयतर्फ १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार, जनसहभागिता तथा श्रमदानबाट ५ करोड, बैक मौज्दात ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ।  

बजेटमा दिगो सहरी पूर्वाधार, कृषि तथा पशु विकास, वातावरण सरसफाइ तथा हरियाली कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। रोजगार प्रवर्द्धन तथा उद्यमशीलता तथा निजी क्षेत्रसँग सहकार्यको योजना रहेको छ। बजेटले आर्थिक, भौतिक, सामाजिक र वातावरणीय पूर्वाधार विकासमा जोड दिएको छ। 

२९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ।  

महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.