साकेला गाउँपालिकाको बजेट ३९ करोड ३० लाख

साकेला गाउँपालिकाको बजेट ३९ करोड ३० लाख

धरान : खोटाङको साकेला गाउँपालिकाले ३९ करोड ३० लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार आयोजित १५औं गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आगामी आर्थिक वर्ष २०८२÷८३ मा कार्यान्वयन ल्याउने गरी बजेट सार्वजनिक गरिएको पालिका अध्यक्ष रविप्रकाश राईले बताए । 

अध्यक्ष राईले पालिकाले चालुतर्फ २७ करोड ४७ लाख १ हजार रुपैयाँ र पुँजीगततर्फ ११ करोड ८३ लाख ३८ हजार रुपैयाँबराबरको बजेट सभामा पेस गरिएको बताए ।

गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुका साथै नीति तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन् । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट गाउँपालिकाबाट बहुमतबाट पारित गरिएको छ । 

आगामी आर्थिक वर्षका लागि साकेला गाउँपालिकालाई वित्तीय समानीकरण अनुदानअन्तर्गत ६ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट ६ करोड ३२ लाख ५६ हजार, सशर्त अनुदानतर्फ १४ करोड ४ लाख, सशर्त अनुदान पुँजीगततर्फ १ करोड ३८ लाख, संघीय सरकार समपूरक अनुदानतर्फ २ करोड २२ लाख, विशेष अनुदान चालुतर्फ १ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण 
गरिएको छ । 

यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५८ लाख ९ हजार, सवारी कर बाँडफाँटबाट ४९ लाख ९० हजार, प्रदेश सशर्त अनुदानतर्फ ७५ लाख ६५ हजार, प्रदेश सरकार पुँजीगततर्फ १ करोड ७२ लाख ५९ हजार, समपूरक अनुदान पुँजीगततर्फ १ करोड ६० लाख, जिल्ला समन्वय समितिबाट साझेदारीबापत १८ लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिस्ट्रेसन शुल्क बाँडफाँटबापत १ लाख ५० हजार, बाँडफाँटबाट प्राप्त हुने विज्ञापन करबापत १० हजार तथा गाउँपालिकाको प्रक्षेपित राजस्व रकम ३० लाख, आव २०८१/८२ बाट सरेर जाने बैंक मौज्दात १ करोड २५ लाख रुपैयाँ प्रक्षेपित आय अनुमान गरिएको पालिकाका लेखापाल उत्तम आचार्यले बताए ।

साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ देखि कार्यान्वयन हुने गरी बालबालिका लक्षित ‘नवजात शिशु बचत योजना’ घोषणा गरेको छ । नयाँ नीतिअनुरूप आगामी साउनदेखि गाउँपालिकाभित्र जन्मिने हरेक शिशुको नाममा नेपाल एसबीआई बैंकको सहकार्यमा बैंक खाता खोली रकम जम्मा गर्न सुरु गरिने छ । अब जन्मने बच्चाहरूको नाममा पहिलो वर्ष १० देखि १५ हजार रुपैयाँसम्म खातामा जम्मा गरिने र वार्षिक केही रकम वृद्धि गर्दै लगिने उनको भनाइ छ । 

खाता खोल्नका लागि स्वास्थ्य संस्थामा बच्चा जन्माएको हुनुपर्ने, समयभित्रै जन्मदर्ता गराएको हुनुपर्ने लगायतका न्यूनतम मापदण्ड तयार गरिएको लेखापाल आचार्यले बताए । 

यसरी, खोलिएको खातामा १८ वर्षको उमेर सम्म पालिकाले आन्तरिक आम्दानीको केही हिस्सा रकम वार्षिक रूपमा थप गरी वृद्धि गर्दै लैजाने गरी मापदण्ड तयार गरी लागू गरिने उनले बताए । यसरी जम्मा भएको रकमको हकदार हुन कम्तीमा कक्षा १२ सम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको हुनुपर्ने, बसाइँ सरी अन्यत्र जान नपाइने लगायतका मापदण्ड तयार गरिएको छ । यस कार्यमार्फत बालबालिकालाई उच्च शिक्षा र समुन्नत जीवनका लागि आधार स्थापित गर्ने प्रमुख नीति लिइएको छ । 

साकेला गाउँपालिकाले व्यक्तिगत र पारिवारिक ऋणका असरहरू कम गरी प्रत्येक शिशुको पालनपोषण, शिक्षा र भविष्यका सम्भावनाहरू सुरक्षित गर्ने विश्वास लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.