दैलेखका ११ स्थानीय तहको  बजेट ७ अर्ब १० करोडभन्दा बढी

दैलेखका ११ स्थानीय तहको  बजेट ७ अर्ब १० करोडभन्दा बढी

दैलेख : दैलेखका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका छन् । मंगलबार दैलेखका सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

दैलेखका ११ वटै स्थानीय तहले सात अर्ब १० करोडबढीको बजेट ल्याएका छन् । यहाँका ११ वटै स्थानीय तहले सार्वजनिक गरेको बजेटलाई जोड्दा सात अर्ब १० करोड ९३ लाख ७२ हजार चार सय ५० रुपैयाँ हुन आउँछ । यहाँको दुल्लु नगरपालिकाले दैलेखका अन्य १० वटा स्थानीय तहको तुलनामा सबै भन्दा बढी अर्थात् एक अर्ब आठ करोड ९२ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ ७६ करोड ९८ लाख ८० हजार र पुँजीगततर्फ ३१ करोड ९३ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक भएको सूचना अधिकारी प्रकाश रेग्मीले बताए । 

वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिएको डुंगेश्वर गाउँपालिकाले ४१ करोड ८१ लाख ७२ हजार ९ सय ५३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । डुंगेश्वरले पुँजीगततर्फ १३ करोड ३१ लाख ७२ हजार ९ सय ५३ रुपैयाँ र चालुतर्फ २८ करोड ५० लाखको बजेट सार्वजनिक गरेको वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीले जानकारी दिए । 

गुराँस गाउँपालिकाले ७३ करोड ६१ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ २४ पैसाको बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए । गुराँसले पुँजीगततर्फ १६ करोड १६ लाख र चालुतर्फ ४३ करोड ९५ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ २४ पैसा र वित्तीय व्यवस्थापनतर्फ १३ करोड ५० लाखको बजेट विनियोजन गरेको हो । 

यस्तै, आठबीस नगरपालिकाले आागामि आर्थिक वर्षका लागि ५५ करोड ८८ लाख ६१ हजार ५ सय ८५ रुपैयाँ ७८ पैसा बराबरको बजेट सार्वजनिक गरेको नगरपालिकाका सूचना अधिकारी देवराज तिमिल्सेनाले बताए । उनका अनुसार आठबीसले डल्लो बजेट सार्वजनिक गरेकाले कार्यपालिकामा छलफलपछि पुँजीगत र चालुतर्फ बजेट विनियोजन हुनेछ । यसैगरी, भैरवी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ९९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । 

सार्वजनिक बजेट चालु र पुँजीगततर्फ विनियोजन नभएको गाउँपालिकाका सूचना अधिकारी मिलनप्रसाद शर्माले बताए । सार्वजनिक गरिएको डल्लो बजेटलाई कार्यपालिकामा थप छलफलपछि विषयगत क्षेत्रमा विनियोजन हुने जनाइएको छ । 

महाबु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ४० लाख ४२ हजार ७ सय २२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ ३३ करोड ८० लाख ६२ हजार ७ सय २२ र पुँजीगततर्फ १५ करोड ५९ लाख ८० हजार रुपैयाँको विनियोजन गरिएको हो । ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ५० लाख ३१ हजार ५९ रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ २४ करोड २५ लाख ३५ हजार ५९ रुपैयाँ र पुँजीगततर्फ १७ करोड २४ लाख ९६ हजार रहेको प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्यायले बताए । 

यसैगरी, नौमूले गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३  का लागि ५६ करोड ८ लाख  ६६ हजार ८ सय ३३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ ३६ करोड २७ लाख ७७ हजार ८ सय ३३ रुपैयाँ र पुँजीगततर्फ १९ करोड ८० लाख ८९ हजार विनियोजन गरिएको लेखा अधिकृत कविराज न्यौपानेले जनाए ।

नारायण नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ४४ लाख ७९ हजार ४ सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ ४५ करोड ७० लाख ९२ हजार र पुँजीगततर्फ १० करोड ७३ लाख ७७ हजार ४ सय २९ रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले जनाए ।चामुण्डा–विन्द्रासैनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ४३ लाख ३ हजार ८८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.