प्रधानमन्त्री ओली स्पेन प्रस्थान

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन्।  

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार साँझ स्पेन प्रस्थान गरेका हुन्।  

त्यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे लगायतले बिदाइ गरेका थिए। उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो।

स्पेन भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन्। यस्तै विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री ओली असार २० गते शुक्रबार स्वदेश फर्कने तालिका छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.