सेयर बजार फेरि ओरालोतिर, नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

सेयर बजार फेरि ओरालोतिर, नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१  विन्दुमा झरेको छ। अघिल्लो दिन आइतबार नेप्से परिसूचक एकल अंकले बढेर २७ सय विन्दुमा उक्लिएको थियो।

नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।  यसदिन ३११ स्क्रिप्सको १ करोड ९४ लाख  १५ हजार  ६८८ कित्ता सेयर ८ अर्ब ३७ करोड ७३ लाख  २७ हजार १४७ रुपैयाँमा खरिदबिक्री भए। आइतबार  ९ अर्ब ५० को सेयर कारोबार भएको थियो।

कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। माथिल्लो मैलुङ खोला जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ६ प्रतिशतले बढ्यो। राप्ति हाइड्रोपावर एण्ड जनरल कन्ट्रक्सनका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले  घट्यो। 

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८० करोड बढिको सेयर कारोबार भयो। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ४१ करोडको कारोबार गर्दा  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २४ करोड,साहस उर्जाको २० करोड र नगदी ग्रुपको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ३९ स्टक्सको मूल्य बढ्दा २०९ वटाको घट्यो। दुई समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।  यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.७६ प्रतिशतले घट्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.