प्रधानमन्त्रीको स्पेन भ्रमणबाट केही व्यक्ति नफर्किएको प्रतिपक्षीको आरोपपछि संसदमा हंगामा

प्रधानमन्त्रीको स्पेन भ्रमणबाट केही व्यक्ति नफर्किएको प्रतिपक्षीको आरोपपछि संसदमा हंगामा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडिएको प्रतिपक्षी दलको आरोपपछि संसदमा हंगामा भएको छ। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य स्पेनमै रहेको आरोप लगाएपछि संसदमा हंगामा भएको हो।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई जोडेर संसदमा भ्रम फैलाउने काम भएको बताए। उनले यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै रेकर्डबाट हटाउन मागसमेत गरे।

'प्रधानमन्त्रीज्यु स्पेन भ्रमण सकाएर फर्किसक्नुभएको छ। उहाँ गरिमामय संसदमै पनि यस विषयमा जानकारी गराइसक्नुभएको छ। तर, त्यसका बावजुद केही माननीयहरूले भ्रमणमा गएकाहरू स्पेनमै बसेको वा भिजिट भिसामा स्पेन गएर बसेको कपोलकल्पित र भ्रामक विषय प्रस्तुत गर्नुभएको छ।माननीयज्युहरूबाट तथ्यहीन विषयमा सभामुखले नोटिसमा लिनुपर्छ। यस्ता भ्रामक विषय रेकर्डबाट हटाइनुपर्छ,' बर्तौलाले भने।

उनले आरोप लगाउने सांसदहरूलाई स्पेनमै बसेका व्यक्तिको नाम सार्वजनिक गर्न चुनौती पनि दिए। 'को व्यक्ति फर्किएनन् भन्ने कुरा जानकारी दिन म माननीयहरूलाई चुनौती दिन्छु। यस्तो भ्रम फैलाउने काम गर्नुभएन,' उनले थपे।

एमालेका मुख्य सचेतक बर्तौलाले बोलेपछि प्रमुख प्रतिपक्षी दल माओवादीका सांसदहरूले उठेर विरोध गरे। सरकारका विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वा मन्त्रीलाई दिन माओवादीले सभामुखको ध्यानाकर्षण गराए।

'यो सदनमा विभिन्न विषय उठ्छन्। ती उठेका विषयमा सरकारको जवाफ माग्छौं। त्यो सरकारले जवाफ दिने हो। कुनै माननीयले दिने होइन। सरकारले वा सरकारको तर्फबाट जवाफ दिनुपर्छ। मन्त्रीले वा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,' माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने। उनले एमालेका सांसदबाट आएको जवाफ अमान्य भएको बताए। 'माननीयबाट जवाफ आइरहेका छन्। यसले हाम्रो संसदले हेपिएको भान भएको छ,' उनले भने।

त्यस विषयमा सभामुख देवराज घिमिरेले आफ्ना ध्यानाकर्षण भएको र उत्तरदायी भएर बोल्न सांसदहरूलाई निर्देशन दिए। त्यसलगत्तै सभामुख घिमिरेले मन्त्रीसँग हुने सवाल जवाफ कार्यक्रमलाई सूचीबाट हटाएका थिए। त्यसविरुद्ध पनि माओवादीले विरोध गरे। आफूहरू विषयसूचीअनुसार तयारी गरेर आउने गरेकाले आफूखुसी कार्यसूचीबाट नहटाउन माओवादीका प्रमुख सचेतक पाण्डेले प्रश्न गरेका थिए। 
सभामुख घिमिरेले कार्यसूचीमा राख्ने र हटाउने काम संसदको भएको भन्दै एकअर्काविरुद्ध नबोल्न निर्देशन दिएका थिए। 

त्यसअघि रास्वपा र माओवादी सांसदले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्ति स्पेन बसेको आशंका गरिएको संसदमा अभिव्यक्ति दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.