सिद्धबाबामा पहिरो जाँदा एकको मृत्यु, एक जना घाइते
तानसेन : सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डअन्तर्गत तिनाउ गाउँपालिका-३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
मंगलबार दिउँसो बेलुका ६:१० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका-६ घर भएका जनक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले बताए।
मोटरसाइकलमा सवार उनकी श्रीमती कल्पना चापागाईँ घाइते भएको र निजको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। माथिबाट खसेको पहिरोले मोटरसाइकल उछिट्टयाउँदा भण्डारी दम्पती तिनाउ नदी किनारमा खसेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !