इलाममा एक जनाको हत्या, अर्का गम्भीर घाइते
इलाम : इलामको सूर्योदय नगरपालिका–१ मा एक जनाको हत्या गरिएको छ । स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन् ।
प्रकाशलाई लिइ निरोज ससुराली घर गएका बेला सूर्याोदय १, सिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।
शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !