लामखुट्टेजन्य रोगबाट जोगिऔं

लामखुट्टेजन्य रोगबाट जोगिऔं

अव्यवस्थित सहरीकरण, सावधानीमा कमी तथा मौसम परिवर्तनका कारण डेंगु, औलो, कालाजार, हात्तीपाइलेलगायतका कीटजन्य रोग दिनप्रतिदिन बढ्दै र प्रकोपको रूप लिँदैछ । जनस्वास्थ्यका दृष्टिले रोगको उपचारभन्दा नियन्त्रण महत्वपूर्ण रहन्छ । जसका लागि लामखुट्टेको बासस्थान, जीवनचक्र, सार्ने कीटाणुका प्रकार, स्वरूप आदिका बारेमा गहन अनुसन्धान हुनु पर्दछ ।

संसारभर लामखुट्टेको टोकाइबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यृ हुने गरेको छ जस्को अधिकांश हिस्सा औलोले लिने गरेको छ । लामखुट्टेको टोकाइबाट ब्याक्टेरिया, भाइरस र परजीवीद्वारा लाग्ने ६ खतरनाक रोगहरू पर्छन् ।

संक्रमित एनोफिलिज लामखुट्टेको टोकाइले प्लाज्मोडियम परजीवीबाट लाग्ने औलो, एडिज एजिप्टाई र केही हदसम्म अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट डेंगुज्वरो, एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट जिका फिवर, एडिज एजिप्टाई र अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट चिकनगुनिया, लामखुट्टेको टोकाइबाट बुचेरिया ब्यान्क्राफ्टी, ब्रुइयामलयी, बु्रइयाटिमोरीजस्ता परजीवीले लिम्फेटिक फिलिरियासिस र लामखुट्टेको टोकाइबाट जापनिज इन्सेफलाइटिस पर्छन् । 

सफा पानीमा पाइने पोथी एडिस एजिप्टीले दिउँसोमात्र टोक्दा हुने डेंगु संक्रमण टाइप १ बाट २ मा जाने, मृत्यृ कम हुने क्लासिकबाट बढी मृत्यृ हुने हेमोरेजिक र शक डेंगुमा जान सक्ने, मुलुकका केही स्थानका ठूला अस्पताल र मेडिकल कलेजमा मात्र उपलब्ध भेन्टिलेटर, जनचेतनामा कमी, रक्तसञ्चार सेवा तथा रगतको अभाव, सरकारी निष्क्रियता आदिले महामारी लिन सक्ने र धनजनको क्षति हुने आकलन गर्न सकिन्छ । 

औलो उन्मूलन भइसकेको घोषणा गरिएको भनिए पनि नेपाल सरकार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार नेपालका ६५ वटा जिल्ला (५२ वटा सामान्य समस्याग्रस्त र १३ अति नै प्रभावित) र ७५ प्रतिशतभन्दा बढी २ करोड जनता अझै पनि औलोको जोखिममा छन् । लामखुट्टेको टोकाइबाट हुने औलो संक्रमित एनोफिल्स जातिको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा हुन्छ । यस्मा कामज्वरो अर्थात् ज्वरो दिन बिराई वा नियमित आउँदा जाडो हुने, काँप छुट्ने र पसिना आउने गर्छ । टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने साथै फियो बढ्न सक्छ । त्यस्तै रक्तअल्पता, बेहोस र समयमा उपचार नपाए मृत्यृ हुन सक्छ । 

अधिकांश लक्षण डेगुसँग मिल्ने यस्मा अत्यधिक माशंपेसी, जोर्नी दुखाइ, उच्च ज्वरो आऊछ । वाकवाकी, बिमिरा, आँखा रातो वा सुनिन्छ । जटिल नभए पनि दुखाइ अत्यधिक हुन्छ । क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने फलाभो भाइरस संक्रमण हो । ज्वरो, टाउको दुख्ने, बान्ता हुने, कम्पन महसुस, बच्चामा छारेरोग जस्तो, कोमा, मस्तिष्क सुन्निने, सिजर, कडा ज्वरो, टाउको दुख्ने, भ्रमजस्तो अनुभव तथा केहीमा मृत्यु गराउन सक्ने संक्रमण इन्सेफलाइटिस हो । 

 २ देखि ७ हप्तासम्म रहने लक्षणमा हल्का ज्वरो, टाउको दुख्ने, मांशपेसी र जोर्नीमा डाबर, आँखा रातो हुन्छ । उच्च जोखिममा गर्भवती महिला रहन्छन, संक्रमितबाट जन्मिने शिशुमा रगत आदानप्रदान, यौनसम्पर्क तथा अंग प्रत्यारोपणबाट सर्दछ । संक्रमित गर्भवतीबाट जन्मिने सन्तानमा असामान्य रूपले टाउको सानो हुने—माइक्रोसेफाली, नसासम्बन्धी समस्या गिलानबारे सिन्ड्रोम गराउन सक्छ ।

व्यवस्थापन महामारी देखाउने औलो, डेंगु, इन्सेफलाइटिस, फिलिरिया र कालाजार लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । यस्ता रोग फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन । तसर्थ रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नास गर्नुपर्दछ । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस जोगिने गर्नुपर्दछ । कुनै पनि किसिमको पानी जम्ने ठाउँ, प्राकृतिक, अप्राकृतिक भाँडाहरूलाई बग्ने बनाउने, पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गर्नुपर्दछ । गर्मीयाममा बिशेषगरी तराई र गर्मीठाउँमा लामखुट्टेको टोकाइबाट बच्न हम्मेहम्मे पर्दछ । टोकाइले एलर्जी त बनाउँछ नै कैयौ रोगसमेत लगाउँछ ।

द अमेरिकन मस्क्युटो कन्ट्रोल एसोसियसनले लामखुट्टे कार्बनडाइअक्साइडप्रति आकर्षित हुन्छ । बढी शारीरिक क्रियाकलाप गर्ने, शरीरको तापक्रम बढी र केही वंशाणुगत गन्धमा पनि आकर्षित हुन्छन् । अँध्यारो तथा गाढा रंग, बियर वा मापसेप्रति बढी आकर्षित हुन्छन् । रक्तसमूह ओ, गर्भवतीको समयमा बढी आकर्षित हुन्छन् ।

लामखुट्टेको टोकाइबाट बच्न : घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गनुपर्दछ । सुत्दा कीटनाशक झुलको प्रयोग पंखा, एयर कुलर, एयर कन्डिसन प्रयोग गर्ने गर्नुपर्छ । जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे भगाउने धुप, झोलको प्रयोग गर्ने, घर बाहिर जाँदा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, नीमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित क्षेत्र मा जाँदा वा बस्दा पूरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रंगको कमिज र पाइन्ट लगाउनु पर्दछ । 

लामखुट्टेको नास गर्न : आ—आफ्नो घरगोठमा कीटनाशक औषधि छर्कन लगाउने, औषधि छर्केको ३—६ महिनासम्म लामखुट्टे मर्ने भएकोले कीटनाशक छर्केको भित्तामा कम्तीमा ३ महिनासम्म लिपपोत नगर्ने, कीटनाशकयुक्त झुलको प्रयोग गर्ने, पानी सोस्ने रुखहरू जामुन, सिमल, मसला रोप्ने तथा घर वरिपरि, सडक वारिपारिका खाल्डाखुल्डी पुर्ने, पोखरी, इनार र कुलोको वरिपरिको घाँसपात सफा गर्ने, मट्टीतेल, डिजेल, डीडीटी​​​​​​मालाथियन, क्लोडिन, डेल्ड्रिन छर्कने, जमेको पानी बगाइदिने गर्नुपर्दछ । 

लामखुट्टेको बच्चा विनाश गर्न : लामखुट्टेले विशेषगरी जमेको पानीमा फुल पार्ने र प्रजनन गर्ने भएकोले त्यस्ता खाल्डा तुरुन्त पुरिदिएमा वा ७ दिनभित्र सुकाउने, जमेको पानीलाई बगाइदिने गर्दा फुल र लार्भाहरू मर्छन् । गाउँका पोखरी, दह, तलाउ, नाला र खाल्डामा लामखुट्टेको लार्भा खाने माछा पाल्ने, घर वरिपरि जमेको पानीमा मट्टीतेल, डिजल, डीडीटी छर्कने, जामुन, सिमल, मसलाजस्ता पानी सोस्ने रुखहरू पानी जम्ने ठाउँमा रोप्ने गर्दा पनि बच्न सकिन्छ । कुनै पनि प्राकृतिक तथा अप्राकृतिक भाडाहरूमा पानी जम्न दिनु हुँदैन । 

जनचेतनामा अभिवृद्धि : रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनैतिक रूपमा सम्बोधन गरिनु पर्दछ । रोगका बारेमा आम जनसमुदाय तथा सरोकारवालालाई उक्त रोगको विविध पक्षबारे जानकारी दिनुपर्छ । संक्रमित व्यक्तिको रगत अन्य व्यक्तिमा प्रत्यारोपण गर्नु हुँदैन । सञ्चारमाध्यम तथा स्थानीयस्तरका स्वास्थ्यकर्मीहरूद्वारा रोगसम्बन्धी जनचेतना फैलाउन जरुरी रहन्छ । रोगको शंका लागे जतिसक्दो चाँडो चिकित्सकलाई देखाउनु पर्दछ् । 

अन्त्यमा हामी आफैं आफ्नो धन र जनको क्षति न्यूनीकरण गर्न लामखुट्टेको टोकाइबाट बच्नै पर्दछ र लामखुट्टेको बासस्थान निर्मूल गरी संक्रमित लामखुट्टे निर्मुल गर्नु पर्दछ । घर वरिपरि सफा र स्वच्छ राखांै । पानी जम्ने भाँडाकुँडा, खाल्टाखुल्टी नराखौंै । स्वास्थ्यप्रति सचेत बन्दै ज्ञानका कुरा व्यवहारमा रोकथामका लागि जानेका उपायहरू अपनाउन जरुरी छ । 

(डा. बुढाथोकी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा एचईओसी, हेडमुका प्रमुख हुन् ।)  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.