प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२७ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढीले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक २.२७ अंकले बढेर २९८४.९२ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ८८ स्क्रिप्सको २२ हजार २३९ कित्ता सेयर १ करोड १७ लाख ४७ हजार ५५२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४४ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !