चार सन्तानकी आमाले २५ वर्षीय भतिजासँग गरिन् विवाह, पञ्चायतमा श्रीमानले के भने ?
काठमाडौं : यूपीको सिद्धार्थनगर जिल्लामा एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ। यहाँ एक महिला विवाह गरेको २५ वर्षपछि आफ्नो २५ वर्षीय भतिजासँग प्रेममा परिन्।
दुवैले कसैलाई नभनी अदालतमा विवाह गरे। दुवैसँगै बस्न पनि थाले। पछि जब हंगामा भयो पञ्चायत भयो। यसमा महिलाको पतिले ठुलो हृदय देखाउँदै आफ्नी श्रीमतीलाई प्रेमीसँग जान अनुमति दिए।
विवाहको २५ वर्ष र चार सन्तान
यो घटना सिद्धार्थनगरको भवानीगंज प्रहरी चौकी क्षेत्रको एक गाउँको हो । गाउँका एक पुरुषले करिब २५ वर्षअघि नजिकैको गाउँकी एक केटीसँग विवाह गरेका थिए। सुरुवाती वर्षमा सबै कुरा सामान्य थियो। दुवैका चार सन्तान छन्। दुई छोरी र दुई छोरा। जेठी छोरी २० वर्षकी र दोस्रो १८ वर्षकी छिन्। दुई छोरामध्ये एक १७ वर्षका र अर्को १० वर्षका छन्। श्रीमान् कामको खोजीमा प्रायः घरबाहिर बस्थे।
यसैबीच, भतिजाको घरमा आउने जाने क्रम बढ्यो। भतिजाको उमेर २५ वर्ष भएको बताइएको छ। बिस्तारै कुराकानीले निकटताको रूप लियो र त्यसपछि दुई जनाबीच प्रेम सम्बन्ध सुरु भयो।
बच्चालाई छाडेर प्रेमीसँग
मिडिया रिपोर्टका अनुसार, २०२४ मा महिलाले आफ्नो प्रेमी भतिजासँग अदालतमा विवाह गरिन्। उनी आफ्ना चार छोराछोरी र पतिलाई छोडेर आफ्नो प्रेमीसँगै गइन्। पतिले प्रहरी चौकीमा मुद्दा दर्ता गराए र प्रशासनसँग सहयोग मागे। केही समयपछि महिला फर्किइन् र आफ्नो प्रेमीलाई छाडेर आफ्नो पतिसँगै बस्न थालिन्।
कुरा यहीँ टुंगिएन। प्रेमी केटाले प्रहरी चौकीमा उजुरी दिए। महिला अब आफूसँग बस्न नचाहेको तर दुवैले कोर्ट म्यारेज गरिसकेको आरोप लगाए। यसको केही दिन पछि महिला फेरि एक पटक आफ्नो प्रेमीसँग भागिन्। महिला आफ्नो प्रेमीसँग गाउँ फर्किएपछि पञ्चायत गरिएपछि यो घटना फेरि एक पटक चर्चामा आयो। यसमा गाउँका बुढापाका र आफन्त पनि उपस्थित थिए।
पञ्चायतमा निर्णय, श्रीमानले देखाए परिपक्वता
पञ्चायतमा महिलाले आफू अब आफ्नो प्रेमीसँग बस्न चाहेको स्पष्ट पारिन्। उनले कोर्ट म्यारिजका कागजात पनि देखाइन्। महिलाले आफ्नो निर्णयमा पूर्ण रूपमा अडिग रहिन् र कुनै पनि दबाबमा नरहेको भनिन्।
यस्तै महिलाको पतिले समाजको परम्परा र व्यक्तिगत भावनाभन्दा माथि उठेर निर्णय लिए। उनले पञ्चायतको अगाडि आफ्नो श्रीमती प्रेमीसँग बस्न चाहन्छिन् भने उनलाई रोक्ने अधिकार नभएको बताए।
प्रहरी चौकी इन्चार्जले के भने ?
भवानीगंज प्रहरी चौकीका प्रमुखले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार महिला आफैँ प्रहरी चौकीमा आएर उनले आफ्नो प्रेमीसँग कोर्ट म्यारेज गरेको र अब उनीसँगै बस्न चाहेको स्पष्ट पारेकी थिइन्। प्रहरी चौकीमा कागजात प्रमाणित गरेपछि महिलालाई छोडिएको थियो।
प्रतिक्रिया दिनुहोस !