पूर्वाधार विकासले खोजेको निकास

पूर्वाधार विकासले खोजेको निकास

विकास समयको माग हो। विकास र शिक्षा एकअर्काका परिपूरक हुन्। तर हाम्रोमा न शिक्षा विकासित भयो न त पूर्वाधार विकास नै। विकास निर्माणमा जत्तिाको भ्रष्टाचार र अनियमितता कुनैमा भएको छैन।

विकास समयको माग हो । विकास र शिक्षा एकअर्काका परिपूरक हुन् । तर हाम्रोमा न शिक्षा विकासित भयो न त पूर्वाधार विकास नै । विकास निर्माणमा जत्तिको भ्रष्टाचार र अनियमितता कुनैमा भएको छैन । भ्रष्टाचारका लागि मात्रै विकास गरिन्छ भनेर भन्दासमेत हुन्छ । छिमेकी देश भारत र चीनले विश्व इतिहासमा विकासमा धेरै फड्को मार्दा हाम्रोमा हिउँदमा बाटो बनाउने र वर्षात्मा बन्द गर्नेभन्दा अर्को हुन सकेको छैन ।

हरेक वर्ष विकास निर्माणमा हुने खर्च र टिकाउपनको मूल्यांकन गर्दा थाहा हुन्छ, विकास दीर्घकालीन सोचका लागि गरिन्छ कि बजेट सक्न ? छिमेकी देशले १० दिनमा एक हजार कोठाको भवन एक घण्टामा एक किलोमिटर बाटो पिच गर्दैगर्दा हाम्रोमा बुटवल नारायणगढ सडकले करिब १० वर्ष लिने ढुक्क छ । विकासको गतिमा भने हामीले अनेक चुनौतीको सामना गर्नु परेको छ । अस्थिर राजनीतिक व्यवस्था र कमजोर शासकीय संरचनाले गर्दा जनताले आधारभूत आवश्यकताहरूमा समेत गुणस्तरहीन अनुभव गरिरहेका छन् ।

संविधानको धारा ४४ मा उपभोक्ताको हक जसमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हक हुनेछ र गुणस्तरहीन वस्तु र सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर संविधानमै स्पष्ट व्यवस्था छ । तर पनि दैनिक यी कुराको क्षति भोगिरहेका छौं । निम्न गुणस्तरका सामान, औषधि, खाद्य पदार्थ, तरकारी र सेवादेखि लिएर अव्यवस्थित पूर्वाधार विकाससम्मका समस्याले जीवनलाई कठिन बनाइरहेका छन् । यी समस्यालाई नियन्त्रण गर्न कुनै प्रभावकारी अनुगमन प्रणाली नहुनुले स्थिति झन् जटिल बनेको छ ।

यस्ता समस्याहरूको समाधान कसले गर्ला ? गुणस्तरीय कायम गर्न र नभएका लागि नियमन गर्न कानुन, निकाय र व्यवस्था नभएको भने होइन, केबल कार्यान्वयन मात्र नभएको हो । उपभोक्ताहरू गुणस्तरीय सेवा र उपभोग्य सामग्रीबाट नठगिऊन् र यदि कसैले ठगेमा ठगीविरुद्ध कडारूपमा उत्रिन सरकारले उपभोक्ता अदालतको गठनसमेत गरेको छ । जुन अत्यन्तै अग्रगामी र सकारात्मक विषय बनेको छ । अन्य विद्यमान कानुन र निकायजस्तै उपभोक्ता अदालत पनि गठन मात्रै नहोस्, काम देखाओस्, उपभोक्ताको जीवनसँग खेलबाड गर्नेहरूलाई कानुनको कठघरामा उभ्याएर सख्त कारबाही गरेको यिनै आँखाले देख्न र कानले सुन्न पाइयोस् ।

गुणस्तरहीन सामान र सेवाको बिगबिगी  :  गुणस्तरहीन र अखाद्य पदार्थको बिगबिगी छ । बजार पूरै मिसाबट र विषादीले भरिपूर्ण छ । खाद्य पदार्थ मात्रै नभएर संवेदनशील औषधिसमेत गुणस्तरहीन छन् । त्यसलाई बजारका व्यापारीले अवसर ठानेका छन् । नियमकले बेवास्ता गरेका छन् भने उपभोक्ता मारमा परेका छन् । बजारमा उपलब्ध सामानहरूको गुणस्तरले उपभोक्ताहरूलाई निराश बनाइरहेको छ । खाद्य पदार्थमा मिसावट, म्याद गुज्रिएका र कमसल उत्पादनको औषधि, निम्न कोटीको सार्वजनिक सेवा र कमजोर गुणस्तरका दैनिक उपभोग्य वस्तुहरूले जनस्वास्थ्यलाई जोखिममा पारेको छ । तर अनुगमन र नियमन भने मौसमी र कर्मकाण्डीमात्रै हुने गरेको छ ।

कमजोर, गुणस्तरहीन र अव्यवस्थित पूर्वाधार विकास  :  हाम्रो देश कंगाल हुनमा अव्यवस्थित र गुणस्तरहीन पूर्वधार विकास एउटा हो । भौतिक संरचना आवश्यकताभन्दा पहुँचमा निर्माण हुने, निर्मित र निर्माणाधीन संरचनामा हामी कसैको महत्त्वमा नपर्नुले यसमा मनग्य प्रश्न उठाउने ठाउँ छ । विद्यालय, स्वास्थ्य संस्था, खेलमैदान, पुल, खानेपानी संरचना निर्माणको चरणमै जीर्ण बनेका तमाम उदाहरण छन् । यस्ता कमजोर पूर्वाधारले जनताको जीवनलाई जोखिममा मात्र पार्दैन, सरकारी बजेटको पनि दुरुपयोग गरेको छ । ठेक्कापट्टाको प्रक्रियामा पारदर्शिताको अभाव, कमजोर डिजाइन, सिन्डिकेट, कानुनी छिद्र र निर्माणमा प्रयोग हुने सामग्रीको निम्न गुणस्तर र नियमन आदि समस्याका प्रमुख कारण हुन् ।

समाधान बेगरको कमजोर अनुगमन प्रणाली  :  अनुगमन प्रणाली भएका र हुने गतिविधिको नियमक साधन हो । यी समस्याहरूको मूल जडमा प्रभावकारी अनुगमन प्रणालीको अभाव छ । गुणस्तर नियन्त्रणका लागि बलियो र स्वतन्त्र निकायको आवश्यकता छ, जसले बजारदेखि निर्माण स्थलसम्म नियमित अनुगमन गर्न सकोस् । तर, हाम्रो देशमा यस्ता निकाय या त पर्याप्त स्रोतसाधनबाट वञ्चित छन्, या त राजनीतिक हस्तक्षेप र प्रलोभनका सिकार छन् । उपभोक्ता अधिकार र गुणस्तर नियन्त्रणका लागि केही प्रयास भएका छन् । तर, यी छिटपुट र अपर्याप्त छन् । देशमा अनुगमन र गुणस्तर परीक्षणसँग सम्बन्ध राख्ने कानुन र निकायहरू नभएका होइनन् तर व्यवहारमा त्यो देखिएको छैन । बजार अनुगमन र गुणस्तर नियमन गर्न विभिन्न कानुन तथा निकायहरूको समेत व्यवस्था गरेको छ । जती कानुन निर्माण भए पनि अवस्था भने सुध्रिएको छैन । कानुन र नियमक निकायले समाधान दिन नसके यसको कुनै अस्तित्व हँुदैन ।

परिवर्तनको संकल्प आवश्यक छ  :  नेपालले विकासको बाटोमा अघि बढ्न गुणस्तरीय सार्वजनिक सेवा, सामान र बलियो पूर्वाधार अनिवार्य छ ।  यसका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ, अनुगमन निकायहरूलाई सशक्त बनाउनुपर्छ । पारदर्शी प्रणाली लागू गर्नुपर्छ । जबसम्म गुणस्तरहीनविरुद्ध एकजुट हुँदैनौं, तबसम्म हाम्रो देशले प्रगति हासिल गर्न सक्दैन । अब हरेक कुराहरूलाई स्वास्थ्य र अन्य संवेदनसँग जोडौं, गुणस्तरमा सबैले जोड देआंै । सबै सबैप्रति जवाफदेही बनौं । गुणस्तरीय जीवन अधिकार हो, यो अधिकार प्राप्त गर्न हामीले सामूहिक प्रयास गर्नुपर्छ ।

कहिले गर्ने भन्दा पनि आजै गरौं, अहिले गरौं । विज्ञान र प्रविधिलाई नियमन र अनुगमनमा यसको प्रयोगलाई जोडौं । गुणस्तरीय सामग्री सेवा र पूर्वाधार विकासको टिकाउपनलाई ध्यान दिऔं । संविधानको मौलिक हकमा व्यवस्था गरेको उपभोक्ता हकलाई किन बेवास्ता गरिएको छ ? को बाट यसको समधान र पुनर्बहाली हुने हो ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.