हजारौं श्रमिक अलपत्र, वर्षमा १ को मात्र उद्धार

हजारौं श्रमिक अलपत्र, वर्षमा १ को मात्र उद्धार
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा वार्षिक हजारौं नेपाली विदेशमा अलपत्र पर्ने गरेका छन् । तर, तीमध्ये वर्षमा एक जनाको मात्र उद्धार हुने गरेको पाइएको छ । वैदेशिक रोजगार बोर्ड श्रम स्वीकृत नभएका र नगरी गएका कामदारको हकमा केही गर्न नसक्ने भन्दै पन्छिने गरेको छ । 

श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बोर्डले एक वर्षमा विदेशमा अलपत्र परेका एक जना कामदारको मात्रै उद्धार गरेको उल्लेख छ । वैदेशिक रोजगार कल्याणकारी कोषअन्तर्गत ३ सय जना अलपत्र कामदारको उद्धार गर्ने वार्षिक लक्ष्य रहेको प्रतिवेदनले जनाएको छ । 

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा १ हजार १ सय ८० नेपालीको शव घरसम्म ढुवानी गरेको तथ्यांक सार्वजनिक गरे । बोर्डले यी शवहरू आफ्नै पहलमा विदेशबाट ल्याएको भने होइन । श्रम स्वीकृत भएका र लिएर गएका श्रमिकको मृत्यु भएको हकमा उनीहरूले काम गर्ने कम्पनीले नै शव नेपाल पठाउने गरेका छन् । त्रिभुवन विमानस्थलमा आएको शवलाई बोर्डले पशुपति आर्यघाट तथा सम्बन्धित व्यक्तिको घरसम्म मात्रै पुर्‍याउने गरेको छ ।

बोर्डले आव २०८१/८२ मा विभिन्न देशमा अलपत्र परेका ७० वटा शव नेपाल झिकाएको छ । जबकी बोर्डले वार्षिक २ सयवटा अलपत्र शव झिकाउने लक्ष्य राखेको थियो । १,२५० जना मृतक कामदारका परिवारलाई बोर्डले आर्थिक सहायता गरेको तथ्यांक सार्वजनिक गरेको छ । उप्रेतीले बोर्डले वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहितका लागि काम गरिरहेको बताए । उनले भने, ‘बोर्डले बिरामी कामदारलाई आर्थिक सहायता गरेका छौं, कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेका छौं । उनीहरूका सन्ततीलाई छात्रवृत्ति प्रदान गरेका छौं ।’

बोर्डले सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भने पनि निकै थोरै संख्यामा मात्रै कामदारका परिवारले यस्ता सहयोग पाएका छन् । लाखौं व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् । हजारौं अलपत्र परेका छन्, हजारौं व्यक्तिहरूको मृत्यु भइसक्यो । घाइते र अपांग अवस्थामा छन् । तर, बोर्ड भने श्रम स्वीकृति लिएर गएका कामदारका लागि मात्रै पहल गर्छौं भन्ने  अडानमा छ । 

वैदेशिक रोजगार बोर्डका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार आव २०८१÷८२ मा ८ लाख ३९ हजार २ सय ६५ जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका छन् । यो तथ्यांकमध्ये विदेश जाने नयाँ कामदार तथा दोहोर्‍याएर विदेश जाने दुवैको तथ्यांक हो । अघिल्लो आवमा यो संख्या ७ लाख ६० हजार ३ सय ९१ जना थियो । 

सुवेदी भन्छन्, नेपालबाट वार्षिक रूपमा लाखां व्यक्तिहरू विदेश जान्छन् । श्रम स्वीकृति नलिएका, भिजिट भिसामा गएर उतै लुक्ने र शैक्षिक भिसामा जाने व्यक्तिहरूको संख्या पनि लाखौं छ । विभिन्न बहानामा महिनामा हजारांै व्यक्तिहरूले देश छाड्छन् । 
प्रवक्ता सुवेदी भन्छन्, ‘श्रम स्वीकृति नलिइ विदेश जाने श्रमिकको हकमा कुनै पनि पहल गर्न बोर्ड जिम्मेवार छैन । कानुनले नै बोर्डलाई यो जिम्मेवारी दिएको छैन ।’ 

बोर्डले चालु आर्थिक वर्षमा पुराना शव वाहनको सट्टा दुईवटा नयाँ विद्युतीय शववाहन खरिद गर्ने योजना अघि सारेको छ । विदेशमा जेल परेका अधिकांश व्यक्तिहरू लागुऔषध वा मदिरा सेवनजस्ता गतिविधिमा संलग्न भएको र उनीहरू आफैं कानुनी प्रक्रियामा जान नचाहने भएकाले उनीहरूको उद्धारमा अप्ठ्यारो अवस्था आउने बोर्डका प्रमुख उप्रेतीले बताए । उनका अनुसार विशेषगरी साउदी अरबको कानुनी प्रक्रिया जटिल भएकाले त्यहा मृत्यु भएका कामदारको शव ल्याउन ढिलाइ हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.