कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु

कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१ पचाममा कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको सोमबार मृत्यु भएको छ। 

प्रहरीका अनुसार विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ८३०४ नम्बरको कारले ठक्कर दिँदा रुद्रबहादुर कार्कीका छोरा १३ वर्षीय टीकाराम कार्कीको मृत्यु भएको हो। साइकलमा यात्रा गरिरहेका टीकारामलाई बाटो क्रम गर्ने क्रममा आइतबार बिहान ११:३० बजेतिर कारले ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइयो। उपचारकै क्रममा सोमबार बालकलाई चिकित्सकले मृत घोषित गरिदिएका हुन्। दुर्घटनालगत्तै कार लिएर चालक रोहित सास फरार भएका थिए। 

कारलाई भने प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ। कार चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त कार विराटनगर महानगरपालिका–८ का आशीष लखटियाको हो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.