८ वर्षसम्म पुरुषको छातीमा अड्कियो चक्कु, कस्तो छ स्वास्थ्य अवस्था ?

८ वर्षसम्म पुरुषको छातीमा अड्कियो चक्कु, कस्तो छ स्वास्थ्य अवस्था ?
सुन्नुहोस्

काठमाडौं : तान्जानियामा एउटा अचम्मको घटना घटेको छ। सुन्दा पनि पत्याउन नसक्ने यो घटना भने सत्य हो। 

तान्जानिया एक ४४ वर्षीय पुरुष १० दिनदेखि दाहिने स्तनको बिँडाबाट पिप बगिरहेको गुनासो लिएर अस्पताल पुगे। उनको छातीमा ८ वर्षदेखि चक्कुको ब्लेड अड्किएको पत्ता लागेको छ।  

मुहिम्बिली राष्ट्रिय अस्पतालका चिकित्सकले गरिएको एक्स–रे परीक्षणमा ब्लेड देखिएको हो। यो आठ वर्षअघि झगडाको क्रममा लागेको चोटबाट उनको छातीभित्र पसेको थियो। त्यसबेला उपचार गर्दा अस्पतालमा एक्स–रे सुविधा नभएकाले चक्कु देखिएको थिएन।

ब्लेडले कुनै महत्त्वपूर्ण अंग नछेकेको हुँदा उनलाई यति लामो समयसम्म कुनै समस्या भने आएन। पिप भने मृत कोषको संक्रमणका कारण आएको चिकित्सकहरूले जनाएका छन्।

सर्जरीमार्फत ब्लेड, मृत कोष र पिप हटाइएको छ। बिरामीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएको चिकित्सकहरूले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.