२० करोड वर्ष पुरानो गोहीको जीवाश्म भेटियो

२० करोड वर्ष पुरानो गोहीको जीवाश्म भेटियो
सुन्नुहोस्

काठमाडौं : अनुसन्धानकर्ताहरूले राजस्थानको जैसलमेरमा दुर्लभ गोही प्रजातिको जीवाश्म फेला पारेका छन्। जुरासिक युगको यो प्रजाति २० करोड वर्षभन्दा पुरानो मानिन्छ।

यो जीवाश्मलाई ʻफाइटोसरʼ भनिन्छ। यसको लम्बाइ डेढदेखि दुई मिटर अर्थात् करिब पाँचदेखि साढे ६ फिट छ।

यो जीवाश्म जैसलमेर जिल्लाको मेघा गाउँमा राज्यको जल विभागमा काम गर्ने वरिष्ठ जलभूगर्भविद् डा. नारायणदास इन्ख्या र उनको टोलीले पत्ता लगाएका थिए।

डा. इन्खैयाले बीबीसीलाई बताएअनुसार यस ठाउँमा ʻधेरै लुकेका जीवाश्महरूʼ हुन सक्छन्। यसले विकासको इतिहासबारे महत्त्वपूर्ण र रोचक जानकारी प्रदान गर्न सक्छ।

उनले थप भने,ʻयो क्षेत्र जीवाश्म पर्यटनका लागि पनि महत्त्वपूर्ण स्थानको रूपमा विकास गर्न सक्छ।ʼ

भूगर्भशास्त्री सीपी राजेन्द्रनले भने,ʻफाइटोसर नदी र जमिन दुवैमा बस्ने प्राणी थियो। पछि यो आजको गोहीमा विकसित भयो।ʼ

यी अवशेष पहिलो पटक गत हप्ता केही गाउँलेहरूले त्यस क्षेत्रमा ताल खन्ने क्रममा देखेका थिए।

अनुसन्धानकर्ताहरूले एउटा जीवाश्म अण्डा पनि फेला पारेका छन्। यो सम्भवतः फाइटोसोरको हुन सक्छ।

एनडीटीभीसँग कुरा गर्दै वरिष्ठ वैज्ञानिक तथा अनुसन्धान टोलीका प्रमुख लेखक भीएस परिहारले भने,ʻयो जीवाश्मले मध्यम आकारको फाइटोसोरलाई संकेत गर्छ। जुन सम्भवतः लाखौं वर्ष पहिले यहाँ नदीको किनारमा बस्थ्यो र माछा खाएर बाँच्थ्यो।ʼ

राजेन्द्रनले अवशेषहरू दुर्लभ जीवाश्म नमुना भएको बताए। अहिलेसम्म विश्वका अन्य भागमध्ये फाइटोसोरका केही भाग मात्र फेला परेका छन्।

इन्खियाले लाखौं वर्ष पहिले जुरासिक युगमा जैसलमेर क्षेत्रमा डायनासोर फस्टाएको बताए।   

सन् २०२३ मा इन्खैया र उनको टोलीले जैसलमेरमा एउटा जीवाश्म अण्डा पत्ता लगाए। जुन डायनासोरको हो भन्ने विश्वास गरिन्छ।

२०१८ मा भारतीय भूगर्भ सर्वेक्षणका वैज्ञानिकले यहाँ उत्खनन गरेर जीवाश्म फेला पारे। यो यहाँ भेटिएका सबैभन्दा पुरानो शाकाहारी डायनासोरका जीवाश्म साबित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.