पाल्पामा ब्लड बैंक स्थापना
तानसेन : पाल्पामा ब्लड बैंक स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाले तानसेनमा ब्लड बैंकको स्थापना गरेको हो।
६३ औं रेडक्रस दिवसको अवसरमा पाल्पामा पहिलो पटक रेडक्रस पाल्पाले रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेको हो। पाल्पामा रगत अभाव भएकाले बुटवल लगायत क्षेत्रबाट नियमित रूपमा रगत ल्याउनुपर्ने बाध्यता रहँदै आएको थियो। पहिलो दिन २६ युनिट रगत संकलन भएको छ।
प्रतिक्रिया दिनुहोस !