तौल घटाएबापत कम्पनीले दियो कर्मचारीलाई बोनस
काठमाडौं : चीनमा एक कम्पनीले आफ्ना कर्मचारीलाई तौल घटाएबापत १४०,००० अमेरिकी डलरको बोनस दिएको छ। यो घटनाको चीनमा सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। एक कर्मचारीले ९० दिनमा २० किलोग्रामभन्दा बढी तौल घटाएकोमा २०,००० युआन पाएका हुन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार शेन्जेनमा आधारित टेक फर्म अराशी भिजन इंक (सामान्यतया इन्स्टा३६०) भनेर चिनिन्छ। हरेक वर्ष आयोजना हुने यो पहलले कर्मचारीलाई नियमित व्यायाम र सन्तुलित आहारको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखिएको छ।
सबै कर्मचारीहरू चुनौतीका लागि दर्ता गर्न योग्य छन्। सहभागीहरूले प्रत्येक ०.५ किलो तौल घटाएबापत ५०० युआन (अमेरिकी डलर ७०) नगद पुरस्कार प्राप्त गर्छन्।
तर तौल बढ्यो भने जरिवाना तिर्नुपर्नेछ। रोचक कुरा के छ भने यो चुनौतीमा जरिवानाको प्रावधान पनि छ। पुनः तौल बढाउने सहभागीहरूले प्रत्येक आधा किलोग्राम तौल वृद्धिका लागि ८०० युआन जरिवाना तिर्नुपर्नेछ। यद्यपि यो जरिवाना अहिलेसम्म कसैलाई पनि लगाइएको छैन।
यो विधिले २० किलोग्राम तौल घटाउन मद्दत गरेको छ। डाइटले चिनियाँ अभिनेता किन हाओलाई १५ दिनमा १० किलो तौल घटाउन सहयोग गरेको छ। यसमा पहिलो दिन सोया दूध मात्र पिउने, दोस्रो दिन मकै खाने, तेस्रो दिन फलफूल खाने र त्यसपछिका दिनमा प्रोटिन र तरकारीमा आलोपालो गर्नुपर्ने थियो।
प्रतिक्रिया दिनुहोस !