जेनजीका नाममा कर्णालीमा अराजकता र लुटपाट गरियो : मुख्यमन्त्री कँडेल

जेनजीका नाममा कर्णालीमा अराजकता र लुटपाट गरियो : मुख्यमन्त्री कँडेल
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले जेनजी आन्दोलनका नाममा कर्णालीमा अराजकता र लुटपाट गरिएको बताएका छन्। मुख्यमन्त्री कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन्। 

जेनजी आन्दोलनपछि सामान्य स्थित बन्दै गर्दै कर्णालीमा क्षति भएका पार्टीका कार्यालय तथा निजी सम्पतिहरूको अनुगमन निरीक्षण समेत गरेका मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा आपराधिक समूहहरूले आफ्नो अभीष्ट पुरा गरेको बताए। 

उनले भने, ‘जेनजी आन्दोलनलाई हामीले यो तहको अपराधिकरण होला भनेर पूर्व अनुमान गर्न सकेनौँ। जेनजीका नाममा मुख्य-मुख्य व्यक्ति तथा सार्वजनिक सम्पतिहरू निशाना पारिने कुरा कल्पना भन्दा बाहिरको विषय बन्यो। तर जुन आन्दोलनबाट अहिले प्रधानमन्त्री नियुक्त हुनुभएको छ। उहाँहरूले नै सिंहदरबार र सर्वोच्च अदालत जलाउनु अपराध गरियो भन्नुपर्ने अवस्था आएन र।’

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जेनजीका नाममा गरिएको विध्‍वंस र लुटपाटको सत्यतथ्य छानबिन गरिने बताए। उनले भने, ‘मेरो आफ्नै निजी घर जलेको छ। आज घरमा पुग्दा बुवाको अवस्था समाल्न गारो भयो। मेरो जीवनकालमै मेरो बुवाको त्यो अवस्था देखेको थिइन्। बाबु आमा किसान भएकाले मेरो घरमा चामल धान बाहेक अरू के नै थियो। त्यही धान र चामल लुट्नका लागि घरमा आगो लगाइयो। तोडफोड गरियो। आगो र लुटपाटबाट बचेको धान चामल अहिले पनि लिन आइरहेका छन्। जसकारण म प्रहरी कार्यालयमा गएर उजुरी दिँदै छु। म पनि कानुनी बाटोमा जान बाध्य छु।’

मुख्यमन्त्री कँडेलले कर्णालीमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालका निजी घरका साथै प्रदेश सभा र प्रदेश कोलेनिका पूर्ण रूपमा तोडफोड र जलाएको, वीरेन्द्रनगरमा रहेका तीनवटा राजनीतिक दलका पार्टी कार्यालयहरू तोडफोड र आगजनी गरिएको र अन्य सरकारी संरचनाहरूमा आंशिक रुपमा आगजनी र तोडफोड भएको जानकारी गराए। उनले भने, ‘वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख खनालको घर त टिनको छाप्रो थियो। त्यो घर भन्दा ठूला र धेरै लगानी गरिएको आन्दोलनकारीका घर थिए होला। त्यो टिनको छाप्रो पनि छाडिएन्। यसका पछाडि ठूलो आपराधिक तत्वहरूको संलग्नता रहेको हुन सक्ने अनुमान छ। त्यो कुरा विस्तारै खुल्दै जाला।’

मुख्यमन्त्री कँडेलले जेनजी आन्दोलन प्रति आफ्नो कुनै विमति नभएपनि नयाँ पुस्तालाई देखाएर भएका आपराधिक घटनाहरू अछ्याम्मे अपराध गरिएको बताए। उनले भने, ‘भत्काउन त सहज भयो होला तर बनाउन निकै कठिन हुन्छ। हामीले समाज र नयाँ पीढीलाई सिकाउन खोजेको कस्तो शिक्षा र संस्कार हो। यस्ता आपराधिक घटनाहरूबाट नयाँ पीढिको सिकाई के हुन्छ। यस्तो विषयमा गम्भीर समीक्षा र सचेतना फैलाउन जरुरी छ।’

उनले प्रदेश सरकारले जेनजी आन्दोलनमा भएका आपराधिक घटनाको छानबिन र प्रदेशको नियमित कामहरू सँगसँगै अगाडि बढाइने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.