प्रधानमन्त्री कार्कीले दिइन् भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री कार्कीले दिइन् भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना
सुन्नुहोस्

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरिन् । साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन्। यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेका थिए। 

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका थिए। कार्की जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी हुन्।  प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकै दिन मोदीले बधाइ दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.