जब एयर ट्राफिक कन्ट्रोलर ड्युटीमै निदाए...

जब एयर ट्राफिक कन्ट्रोलर ड्युटीमै निदाए...
सुन्नुहोस्

काठमाडौं : फ्रान्समा एउटा अद्भुत घटना घटेको छ। त्यहाँ एउटा विमान २० मिनेट आकाशमै अल्झिएको समाचार प्रकाशन भएको छ। 

पेरिसबाट कोर्सिका जाँदै गरेको एयर कोर्सिकाको विमान अजासियो विमानस्थलमाथि करिब २० मिनेट आकाशमै घुम्न बाध्य भयो। एक मात्र हवाई यातायात नियन्त्रक (एयर ट्राफिक कन्ट्रोलर) ड्युटीमै निदाएपछि यस्तो घटना घटेको हो।   

फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका अनुसार पेरिस ओरली विमानस्थलबाट उडेको एयर कोर्सिकाको विमान निर्धारित समयभन्दा एक घण्टा ढिलो पुगेको थियो। यसै क्रममा ग्राउन्डमा तैनाथ कर्मचारी निदाएपछि जहाजले रनवेमा अवतरण गर्न नसकेर समुद्रमाथि परिक्रमा गर्नुपर्‍यो।

कन्ट्रोलर निदाएका कारण २,४०० मिटर लामो एकमात्र रनवेमा अवतरणका लागि आवश्यक बत्ती बालिएको थिएन। पाइलटले आपत्कालीन योजना अनुसार अर्को गन्तव्यतर्फ मोड्ने तयारी पनि गरेका थिए। तर अन्ततः प्रहरी र कर्मचारीले कन्ट्रोल टावरमा चढेर एयर ट्राफिकलाई उठाएपछि मात्र जहाजलाई सुरक्षित अवतरण गराइयो।

विमानका कप्तानले द टाइम्ससँग भने, “मेरो  करिअरमा यस्तो अनुभव पहिलो पटक भयो। हामीले सानो परिक्रमा गर्‍यौँ। तर यात्रु वा चालकदल कोही पनि आत्तिएनन्। बरु सबैले यसलाई रमाइलोका रूपमा लिए।”

नागरिक उड्डयन प्राधिकरणले घटनाको छानबिन सुरु गरेको बताएको छ। कन्ट्रोलरको मदिरा परीक्षण नकारात्मक आएको भएपनि उनीविरुद्ध कारबाहीको तयारी भइरहेको छ।

यस्तो घटना पहिलोचोटि मात्र होइन। गत वर्ष अष्ट्रेलियाको ब्रिसबेनस्थित केर्न्स विमानस्थलमा पनि बिहानै ड्यूटीमा रहेको कन्ट्रोलर दुई वटा कुर्सी जोडेर कम्बल ओढेर निदाइरहेको अवस्थामा फेला परेका थिए। लामो अवधिसम्म लगातार रात्रि ड्युटी गरेकाले उनी थकाइका कारण निन्द्रामा गएको बताइएको थियो।

यसैगरी पाइलटहरू आफैँ पनि उडान क्रममा निदाएको घटना बाहिरिएको थिए। केही वर्षअघि इथियोपियन एयरलाइन्सको उडानका दुवै पाइलट सुदानको खार्तुमबाट इथियोपियाको अदिस अबाबा जाँदै गर्दा बीचमै निदाएका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.