सेयर विवादपछि भोटेकोशी गाउँपालिका तोडफोड

सेयर विवादपछि भोटेकोशी गाउँपालिका तोडफोड
सुन्नुहोस्

सिन्धुपाल्चोक : हाइड्रोपावरले दिनुपर्ने सेयरको विषयमा विवाद चर्कँदा स्थानीयले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तोडफोड गरेका छन्।

जेनजी आन्दोलनका क्रममा स्थानीयले सेयरको विषयलाई लिएर माथिल्लो भोटेकोशी पावर कम्पनी बन्द गरेका थिए। १० दिनदेखि बन्द पावरहाउस खुलाएर विद्युत् उत्पादन नियमित गर्न कम्पनीले पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र जनप्रतिनिधिसँग छलफल गरेको थियो।

आन्दोलनरत स्थानीयसँग कुनै छलफल नगरी जनप्रतिनिधिसँग कम्पनीले बैठक गरेको थाहा पाएपछि स्थानीय पालिका भवनमा जम्मा भएर विरोध जनाएका थिए। विवाद चर्किँदै जाँदा आक्रोशित स्थानीयले पालिकामा ढुंगामुढा गरेर क्षति पुर्‍याएका छन्। स्थानीयले ‘पालिका अध्यक्ष राजिनामा दे, गुण्डा पाल्ने पालिका चाहिँदैन’ जस्ता नाराजुलुस समेत गरेका थिए।

बैठक छोडेर जनप्रतिनिधि र हाइड्रोपावरका प्रतिनिधि भागेका छन्। धकेलाधकेल हुँदा प्रहरी र स्थानीयगरी एकदर्जन बढी घाइतेसमेत भएका छन्। स्थानीयले पासाङ शेर्पाले भने, ‘हामीले पालिकाले गरेको दादागिरीबारे शान्तिपूर्ण आन्दोलन गरेका थियौं, तर पालिका अध्यक्षले हामीलाई गुण्डा र प्रहरी प्रयोग गरी हामीमाथि दमन गर्‍यो।’ उनले हाईड्रोपावरले १० प्रतिशत सेयर दिनुपर्ने र पालिका अध्यक्षले राजीनामा नदिई आन्दोलन नरोक्ने बताए। 

४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीले विद्युत उत्पादन गरेको दुई दशक हुँदा पनि स्थानीयलाई सेयर दिएको छैन। सेयरको विषयलाई लिएर भोटेकोशीमा तनाव हुने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.